• १३ साउन २०८१, आइतबार

महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल नियुक्त

blog

डा.चन्द्रमणि पौडेल ।

गाेरखापत्र अनलाइन

काठमाडौं, माघ ७ गते । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा.चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ । कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रूपमा कार्यरत डा.पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो ।

सन् २००३ देखि चिकित्सकको रूपमा कार्यरत पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ । स्याङ्जाको हिमालयन बोर्डिङ स्कुलमा अध्ययन गरेका डा‍.पौडेल एसएलसीमा जिल्लाकै सर्वोत्कृष्ट विद्यार्थी हुनुहुन्थ्यो । 

यसका साथै पोखराको पृथ्वी नारायण क्याम्पसबाट विज्ञान सङ्काय अध्ययन गर्नुभएका डा.पौडेलले प्रवीणता प्रमाण पत्र तहमा पनि सर्वोत्कृष्ट हुनुभएको थियो । नेपालगन्ज मेडिकल कलेजबाट पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्रमा स्नातक गरेका डा.पौडेलले इन्टरनल मेडिसिनमा स्नातकोत्तर(एमडी) गर्नुभएको छ । उहाँले कार्डियो विषयमा विद्यावारिधि (डक्टरेट अफ मेडिसिन) डीएम हासिल गर्नुभएको छ ।