• १६ भदौ २०८१, आइतबार

सामुदायिक वनमा हतियार फेला

blog

सामुदायिक वनमा भेटिएको हतियार ।

अविनाश चौधरी

धनगढी, माघ ८ गते । कैलालीको भजनी नगरपालिका-२ कटानपुरस्थित वनदेवी सामुदायिक वनमा हतियार फेला परेको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरआइटी टोलीले बेवारिसे अवस्थाबाट एक थान एयरगन (नपड्किने हतियार) फेला परेको हो । फेला परेको हतियार इलाका प्रहरी कार्यालय भजनीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता गणेशनाथले जानकारी दिनुभयो ।