भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एवम् नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुभएको छ ।
मधेश, बागमती प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।
इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह जिल्ला ओखलढुङ्गाको विकासमा सक्रियता बढाउनुभएको छ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनसङ्ख्याको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग ‘मेयर स्वास्थ्य कार्यक्रम’बाट नौ हजारभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।
हुम्लाका किसान लामो समयसम्म हिमपात नहुँदा खडेरी पर्ने चिन्तामा परेका छन् । माघको पहिलो सातासम्म पनि हिमपात नहुँदा यहाँका किसानको चिन्ता झन् बढेको हो ।
बाघ अवलोकनका लागि नेपालकै प्रमुख मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको छ ।
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जामा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
छैटौँ संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चीन र भारतका खेलाडीले पनि भाग लिने भएका छन् ।
गायक निर्मलराज पौडेलको ‘छम्म नाचौँ, छप्प नाचौँ’ गीत आज यहाँ आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतमा अभिनय गरेका कलाकारहरूले सामूहिकरुपमा गीतको भिडियो सार्वजनिक गर्नुभएको हो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
पाँचथरको फिदिम नगरपालिका ६ सिवाका विद्यार्थीलाई वडा कार्यालयले बाँसका सामग्री निर्माण गर्न सीपमूलक तालिम दिएको छ ।