• २ जेठ २०८१, बुधबार

टेबलटेनिसमा चीन र भारतका खेलाडीले भाग लिने

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, माघ ८ गते । छैटौँ संस्करणको सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा चीन र भारतका खेलाडीले पनि भाग लिने भएका छन् ।

ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा १६ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा चीनका दुई र भारतका १६ जना खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा कुल तीन सय नौ खेलाडीको सहभागिता रहनेछ । जसमा महिला पुरुष एकल, महिला पुरुष टिम इभेन्ट, पुरुष भेट्रान्स एकल (४० वर्ष माथि),महिला भेट्रान्स एकल (४० वर्ष माथि), पुरुष भेट्रान्स एकल (५५ वर्ष माथि) यु-१६ ब्वाइज र गर्ल्स सिंगल्स गरी नौ विधामा प्रतिस्पर्धा हुनेछ ।

महिला र पुरुष एकलका साथै महिला पुरुष टिम इभेन्टतर्फका शीर्ष तीन खेलाडीले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपियाँ, भेट्रान्सतर्फको तीन विधा तथा यु-१६ ब्वाइज र गर्ल्सका विजेता, उपविजेता र तेस्रो स्थानका खेलाडीले क्रमशः २५, १० र ५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।