• १३ साउन २०८१, आइतबार

दक्षिणपश्चिम चीनमा गएको पहिरोमा परी ४७ जना पुरिए

blog

कुन्मिङ, माघ ८ गते । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित दुई सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।

यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्रकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । यसबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । रासस/सिन्ह्वा