• १३ साउन २०८१, आइतबार

कटन क्याण्डीले स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने

blog

कटन क्याण्डी बेच्दै बालक । फाइल तस्बिर

काठमाडौं, माघ ८ गते । काठमाडौँका विभिन्न स्थानमा बेच्ने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा जाँच गर्दा कटन क्याण्डीमा स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएको हो ।

विभाले सूचना निकाल्दै काठमाडौँका विभिन्न स्थानहरूका सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग रोडामाइन बीको प्रयोग भएको पाइएको उल्लेख गरेको छ ।

विभागद्वारा जारी सूचनामा विभागबाट इजाजत पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री गरिएको कटन क्यान्डीको उपभोग नगर्न विभागले अनुरोध गरिएको छ । 

यस प्रकारका अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री नगर्न नगराउन सबैलाई विभागले निर्देशन दिएको छ । यदि यस्ता अखाद्य वस्तु उत्पादन तथा बिक्री गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।