सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ।
गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबर ७ मा युद्ध सुरु भएदेखि एन्क्लेभमा २५ हजारभन्दा बढीको मृत्यु भएको बताएको छ ।
डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गर्नुभएको छ।
बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित भएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मङ्गलबार जित निकालेका छन् ।
श्रीलङ्काको केन्द्रीय बैङ्कले स्थायी निक्षेप सुविधा दर र स्थायी ऋण सुविधा दरलाई क्रमशः ९ प्रतिशत र १० प्रतिशत कायम गर्ने निर्णय गरेको छ ।
बाँकेमा दुई सातापछि मङ्गलबार घाम लागेको छ। घाम लागेछि सर्वसाधारणको दैनिकी सामान्य बनेको छ।
नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले १६ औँ आवधिक योजनाका बारेमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ ।
संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्म भएको अध्ययन प्रतिवेदनहरू यथाशीघ्र समितिमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २०औँ एसियाली खेलकुद (एसियाड) लाई प्रभावकारी बनाउने लक्ष्यका साथ पाँच खेलको प्रशिक्षण तत्काल सुरु गर्ने भएको छ ।
क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूले अजित मिजारको न्यायका लागि संयुक्त रूपमा पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका छन् ।