• १३ साउन २०८१, आइतबार

द्वन्द्वका कारण गाजामा २५ हजार सर्वसाधारणको मृत्यु

blog

संयुक्त राष्ट्रसंघ, माघ ९ गते । गाजामा जारी इजरायली आक्रमण र इजरायलमा प्यालेस्टिनी रकेट आक्रमण सोमबार पनि कायम रहेको छ । संयुक्त राष्ट्रसङ्घले गत अक्टोबर ७ मा युद्ध सुरु भएदेखि एन्क्लेभमा २५ हजारभन्दा बढीको मृत्यु भएको बताएको छ ।

गाजाको स्वास्थ्य अधिकारीहरूबाट प्राप्त जानकारी र मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएच्ए) ले इजरायली आक्रमणका कारण ६२ हजार छ सय ८१ प्यालेस्टिनीहरू घाइते भएको जनाएको छ । यी आक्रमणहरू इजरायलमा हमास नेतृत्वको आक्रमणको प्रतिक्रियामा थिए । जसको परिणामस्वरूप लगभग एक हजार दुई सय जनाको मृत्यु भएको छ भने करिब २५० जना बन्धक बनाइएका  छन् ।

शुक्रबार गाजामा दुई जना इजरायली सैनिक मारिएको ओसिएएचएले जनाएको छ । यहाँ ग्राउन्ड अपरेसन सुरु भएदेखि कुल १९३  ल्यायो, र एक हजार दुई सय तीन सैनिकहरू घाइते भएको  इजरायली सेनाले जनाएको छ ।

यो अवधिमा ३४३ प्यालेस्टिनीको मृत्यु भएको तथा पाँच सय ७३ जना घाइते भएको संयुक्त राष्ट्रसङ्घीय सहायता समन्वय कार्यालयले जनाएको छ ।

आइतबार युगान्डाको राजधानी कम्पालामा ७७ देशहरूको समूह र चीनको शिखर सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वलाई एक टिन्डरबक्सका रूपमा वर्णन गर्नु भएको छ । यस क्षेत्रभरि द्वन्द्व रोक्न आवश्यक सबै पहलकदमी लिन अपिल गर्नु भएको छ ।

इजरायली र प्यालेस्टिनीहरूका लागि दुई–राज्य समाधानका लागि आफ्नो समर्थन दोहोर्‍याउँदै महासचिव गुटेरेसले इजरायलको सैन्य कारबाहीले व्यापक विनाश निम्त्याएको बताउनुभएको छ ।

तीन महिनाभन्दा बढी लामो समयदेखि जारी तीव्र बमबारीपछि गाजाका क्षेत्रमा मानवीय आवश्यकता प्रकाश पार्दै ओसिएइचएले गाजामा अहिले १५ वटामात्र बेकरीहरू सञ्चालनमा रहेको बताएको छ । तर राफाहमा छ वटा र देइर अल बालाहमा नौ वटा–र वादी गाजाको उत्तरमा कुनै पनि खुला छैन ।

यी लगभग सबै कार्यरत बेकरीहरूले संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमबाट सहयोग  खोहजाक छन् । जहाँ पिठो, नुन, खमिर र चिनी  आदि खाद्य पदार्थ उपलब्ध छ ।

यस पहलको माध्यमबाट करिब दुई लाख ५० हजार मानिसहरूले अनुदान मूल्यमा खाने कुरा किन्न पाएका छन् । ओसिएइचएले आइतबार आपत्कालीन अवस्थाबारे आफ्नो पछिल्लो अपडेटमा उल्लेख गरेको छ ।

यसैबिच, प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएन आरडब्लुएले सोमबार दूरसञ्चार सेवा बन्द सातौँ दिनमा प्रवेश गरेको जनाएको छ ।

आफ्नो सबैभन्दा पछिल्लो अपडेटमा, युएनआरडब्लुएले गाजाभित्र आन्तरिक विस्थापित व्यक्तिको सङ्ख्या १७ लाख पुगेको  खुलासा गरेको छ । तीमध्ये एजेन्सीका सुविधाहरूमा शरण लिँदा कम्तीमा ३३५ जनाको मृत्यु भएको छ भने एक हजार १६१ जना घाइते भएका छन् ।

साथै अक्टोबर ७ देखि, युएनआरडब्लुएका १५१ जना कर्मचारी सदस्यहरू मारिएका छन् भने यसका १४१ वटा प्रतिष्ठानहरू क्षतिग्रस्त भएका छन् । रासस/सिन्ह्वा