• १३ साउन २०८१, आइतबार

दिल्लीमा बाक्लो कुहिरोका कारण उडान र रेल सेवा प्रभावित

blog

नयाँदिल्ली, माघ ९ गते । बाक्लो कुहिरो तथा प्रतिकूल मौसमका कारण मङ्गलबार राजधानी दिल्ली आउने–जाने उडान तथा रेलको आवागमन प्रभावित  भएको छ ।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रवाहित हुने सेवा राजधानी दिल्लीलाई कुहिरोले ढाकेका कारण उडानमा ढिलाइ भएको छ । यसैगरी  दिल्ली जाने २८ वटा लामो दूरीका रेलहरू पनि निर्धारित समय भन्दा ढिला सुरु गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार दिल्लीमा न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस र अधिकतम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ । यद्यपि, मङ्गलबार बिहान दिल्लीमा रेकर्ड गरिएको न्यूनतम तापक्रम  ६.९ डिग्री सेल्सियस थियो ।

उत्तर रेलवेका अनुसार हावडा–नयाँ दिल्ली राजधानी एक्सप्रेस, राजेन्द्रनगर–नयाँ दिल्ली राजधानी एक्सप्रेस, डिब्रुगढ–नयाँ दिल्ली राजधानी एक्सप्रेस, बेङ्गलोर–निजामुद्दीन राजधानी एक्सप्रेस, आजमगढ–दिल्ली जेएन कैफियत एक्सप्रेस, बनारस–नयाँ दिल्ली एक्सप्रेस र कटिहार–अमृतसर आम्रपाली एक्सप्रेस सहित २८ वटा रेलहरू २ देखि  ६ घण्टासम्म ढिलो गरी सञ्चालनमा आएका थिए ।

आइएमडीले जनवरी २७ र २८  सम्म मध्यम खालको कुहिरो लाग्ने पूर्वानुमान गरेको छ । दिल्लीमा निरन्तर शीतलहर जारी रहँदा मङ्गलबार मानिसहरू आगोको वरिपरि बसिरहेका देखिन्थे ।

यसैबिच, आइएमडीका अनुसार जनवरी २६ को बिहानसम्म पन्जाब, हरियाणा, चण्डीगढ र उत्तर प्रदेशका केही भागहरूमा बिहानदेखि बाक्लो कुहिरो रहने सम्भावना छ ।

यसअघि सोमबार, आइएमडीले जम्मु डिभिजन, दिल्ली, पश्चिम उत्तर प्रदेश र झारखण्डमा  कुहिरोले प्रभाव पारेको थियो ।

भारतका विभिन्न स्थानमा बाक्लो कुहिरो र हुस्सुले दृश्यता कम अनुभव भएको छ । जम्मु डिभिजनले पाँच सय मिटर दृश्यता  रहेको  उल्लेख गरेको छ भने  पटियालाले ५० मिटर मात्र दृश्यता रेकर्ड गरेको छ ।

यसैगरी उत्तर प्रदेशको वाराणसी र प्रयागराजले क्रमशः २५ र ५०  मिटरको दृश्यता रहेको छ । रासस/एएनआई