• १३ साउन २०८१, आइतबार

अजितको न्यायका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक

blog

अजित मिजारको हत्याविरुद्ध आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौं, माघ ९ गते । क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूले अजित मिजारको न्यायका लागि संयुक्त रूपमा पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका छन् ।

क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूले मङ्गलबार पत्रकार सम्मेलन गर्दै अजितको न्यायका लागि संयुक्त रूपमा पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

क्रान्तिकारी दलित राजनीतिक सङ्गठनहरूमा एकीकृत दलित मुक्ति उन्मुलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र, संयोजक संयुक्त दलित अधिकार मञ्च नेपालले रहेका छन् ।

जात व्यवस्था उन्मुलन मोर्चा नेपालका अध्यक्ष मण्डल सदस्य शान्ति गजमेरले माघ ६ गते अजित मिजारको न्यायका लागि सङ्घर्षरत कानुन व्यावसायिकहरूसँग छलफल, माघ ९ गते पत्रकार सम्मेलन, माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ २० देखि २५ गतेसम्म प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते सडक प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।  

दोस्रो चरणका कार्यक्रमहरू माघ ३० गतेपछि सार्वजनिक गर्ने सदस्य गजमेरले बताउनुभयो ।

अजित मिजार हत्याविरुद्धको न्यायपूर्ण आन्दोलनमा सम्पूर्ण दलित गैरदलित सरोकारवाला  संघसंगठन मानवअधिकारकर्मीलाई आन्दोलनमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

आठ वर्षदेखि शव शवगृहमा

पाँचखाल नगरपालिका ७ का अजित मिजाको शव आठ वर्षदेखि त्रिवि शिक्षण अस्पतालको शवगृहमा रहेको छ । उहाँले न्याय पाउन नसकेकाले परिवारले उहाँको अन्तिम संस्कार गर्न नपाएको क्रान्तिकारी दलित राजनीतिक सङ्गठनको आरोप छ । 

विगत आठ वर्षदेखि अजितको परिवार न्यायका लागि सङ्घर्ष गरिरहेको छ । जिल्ला अदालत धादिङ, उच्च अदालत ललितपुरले अजितमाथि न्याय गर्न नसकेको क्रान्तिकारी दलित राजनीतिक सङ्गठन गुनासो छ ।

सर्वोच्च अदालतमा आगामी फागुन ८ गते पेसी तोकेको छ । नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुजेन्लले सर्वोच्चले पनि अजितलाई न्याय दिन नसक्ने ठहर गर्दै ध्यानाकर्षण गराउन यस्ता कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो ।

को हुन् अजित मिजार ?

शान्ति गजमेरका अनुसार २०७३ असार २५ गते अजितले काभ्रे ज्याम्दिकी कल्पना पराजुलीसँग राजिखुसीमा बिहे गर्नुभएको थियो ।

अजितसँग बिहे गरेको थाहा पाएपछि केटीका परिवारले फोनमार्फत त सानो जातिको भन्दै जातीय विभेदसहितका गालीगलौज गर्दै ज्यान लिनेसम्मका धम्की दिएको परिवारले अरोप लगार्दै आएको उहाँको भनाइ छ । 

केटी पक्षले प्रहरी चौकी पाँचखालमा निवेदन दिएपछि असार २७ गते प्रहरीले केटाकेटीलाई परिवारको जिम्मा लगाएको गजमेरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अजित बेपत्ता हुने दिनसम्म र उहाँका परिवारलाई केटीका बुवा, दिदी र कयौँ कनैया भन्ने व्यक्तिले फोनबाट ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

अजित असार २९ गते रिजार्च लिन गएका घर नजिकैबाट बेपत्ता भएको गजमेरको भनाइ छ ।

जगमेरका अनुसार अजितको असार ३० गते धादिङ गजुरी फुर्के खोलाको प्रतिक्षालयमा घुँडा टेकिएको र घाँटीमा प्लास्टिक त्रिपालको डोरीले झुण्ड्याइएको अवस्थामा सामाजिक सञ्चालनमा फोटो सार्वजनिक भएको थियो ।

परिवार घटनास्थलमा जाँदा अजितको शव प्रहरी प्रशासनले फेक पोस्टमार्टम गरी गाडिएको अवस्थामा उत्खनन् गरी निकालिएको थियो उहाँको तर्क छ ।

शव निकालिसकेपछि प्रहरी प्रशासन र पोस्पमार्टन गर्ने अस्पताल समेत शङ्काको घेरामा रहेको छ ।

अजितका परिवारले प्रहरी प्रशासन र अस्पताललाई समेत विपक्षी बनाएर छानबिन गरी सत्यतथ्य पत्ता लगाउन माग गर्दै आएको छ ।