टेलिभिजन रियालिटी सो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता सङ्ग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ । कृति सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताउनुभयो । भारतको सिक्किम राज्यका कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताउनुभयो ।
मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।
पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।
प्राध्यापक पद उच्च प्राज्ञिक र अति सम्मानित हो तर नेपालका विश्वविद्यालयले त्यही पदलाई मानार्थ बनाएर सरस्वतीको मूर्तिसँग साट्ने गरेको पाइएको छ । तथाकथित ‘माननीय विशिष्ट समाजसेवी’ जगदीश वैद्यले मुलुकका विश्वविद्यालयलाई सरस्वतीको मूर्ति दिने र बदलामा मानार्थ प्राध्यापकको उपाधि लिने गरेको तथ्य सार्वजनिक भएको छ ।
शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोराउनु भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सङ्घीयताको सफल कार्यान्वयनका लागि जनताको घरघरमा सरकार पुग्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सभा सदस्यले सदनमा उठेको विषयप्रति गम्भीर बन्न प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ।
जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिएर सरकार बाट बाहिरिएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस ‘क्याडर बेस’ नभई ‘मास बेस’ पार्टी भएको बताउनुभएको छ ।
स्याङ्जाको भीरकोट नगरपालिका–४ गैहथोकस्थित आँधीखोला किनारको खेतमा देखिएको पहेँलपुर तोरीको खेती ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभएको छ ।
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राजधानी बाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौँ संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ ।