• १३ साउन २०८१, आइतबार

नपल्टाएका पन्नाहरू

blog

काठमाडौँ, माघ १० गते । टेलिभिजन रियालिटी सो पोएट आइडलको प्रथम संस्करण विजेता नीलम गुरुङको कविता सङ्ग्रह नपल्टाएका पन्नाहरू सार्वजनिक भएको छ ।

कृति सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कविता विचार र कलाको संयोजनसहितको अभिव्यक्तिको उच्चतम शैली भएको बताउनुभयो । भारतको सिक्किम राज्यका कवि नीलमले सिर्जनाको माध्यमबाट गाँसिएको नेपाल र नेपालीसँगको सम्बन्धले आफूलाई सधैँ प्रेरणा प्रदान गरेको बताउनुभयो ।