लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।
जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ ।
जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९.२९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याई छ। छिनो, हथौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिका देविको मूर्तिलाई अन्तिम स्वरुप दिन लाग्नु भएको छ।
धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित दलित बस्तीका ६५ घरपरिवार वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पुरै बस्तीमा खानेपानीको एउटा पनि स्रोतसाधन नभएकाले उहाँहरू वर्षौँदेखि खानेपानीको समस्याबाट ग्रसित हुँदै आएका छन् ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा विजयी हुनुभएको छ । ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी निक्की हेलीले आठ प्रतिनिधि प्राप्त गर्नुभएको छ ।
युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गर्नुभएको छ ।
सहिद सप्ताहको पहिलो दिन आज (बुधबार) शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, पचलीमा स्मृति सभा आयोजना गरियो । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनुभएकी महिला नेत्री द्रौपदा शर्मा पोखरेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको टारी जग्गामा माटो ढुङ्गाले बनेको टिनको छानोले छाएको सानो झुपडी घर । उक्त घरको आँगनमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् ।
जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।
स्याउँला ल्याउन जङ्गल गएकी दुई किशोरी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् । रामा रोशन गाउँपालिका-५ तडिगैडा निवासी १९ वर्षीया किरण शाह र १८ वर्षीया पार्वती शाह भालुको आक्रमणबाट गम्भीर घाइते भएकी आफन्त भरत शाहले जानकारी दिनुभयो ।
कैलालीमा जङ्गलमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
धरान चतरा सडक खण्ड अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ स्थित पुतली बजारमा बुधवार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।