• १३ साउन २०८१, आइतबार

युक्रेनमा रुसी मिसाइल आक्रमण : पाँच जनाको मृत्यु, ४० घाइते

blog

काठमाडौं, माघ १० गते । युक्रेनमा रुसको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका आन्तरिकमन्त्री इहोर क्लाइमेन्कोले बताउनुभएको छ ।

पूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु भएको थियो । जहाँ मिसाइलले दुईवटा अपार्टमेन्ट भवनमा प्रहार गरेको थियो । मध्य युक्रेनको पाभ्लोहराद सहरमा एक जनाको र किभमा अर्का एक जनाको मृत्यु भएको थियो ।

कीभमा १८ जना घाइते भएका छन् । जसमा १३ जना अस्पतालमा भर्ना भएका छन् । युक्रेनी वायुसेनाले रुसले आक्रमणमा १५ क्रुज मिसाइल र १२ ब्यालिस्टिक मिसाइलसहित ४१ मिसाइल प्रयोग गरेको बताएको छ ।

एयर डिफेन्सले सबै क्रुज मिसाइल, पाँच ब्यालेस्टिक मिसाइल र एउटा गाईडेड एभिएसन मिसाइल खसालेको बताएको छ । हवाई आक्रमणले युक्रेनमा रुसले एक महिनाभन्दा कम अवधिमा चौथो ठुलो हमला गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल