• १३ साउन २०८१, आइतबार

न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा ट्रम्प विजयी

blog

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ।

काठमाडौं, माघ १० गते । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यु ह्याम्पशायरको रिपब्लिकन प्राइमरी चुनावमा विजयी हुनुभएको छ ।

ट्रम्पले ११ प्रतिनिधि र प्रतिद्वन्द्वी निक्की हेलीले आठ प्रतिनिधि प्राप्त गर्नुभएको छ । न्यु ह्याम्पशायरमा रिपब्लिकन पार्टीका कुल २२ प्रतिनिधि रहेका छन् ।

सबैको नजर रहेको रिपब्लिकन प्राइमरीमा ट्रम्प विजयी हुनुले आगामी चुनावलाई थप सहज बनाएको अनुमान गरिएको छ । यो प्राइमरी निर्वाचनमा जो कोही विजयी हुने राष्ट्रपतिको उम्मेदवार बन्ने लगभग निश्चित हुने भन्ने विश्वास गरिन्छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल