मुलुकको समृद्धिका निम्ति अगाडि बढाइएका विकास आयोजनाहरूको निर्माण कार्य तोकिएको समयासीमाभित्र पूरा हुँदैनन् । निर्धारित समयमा सम्पन्न नहुँदा आयोजनाको लागत खर्च अधिक बढ्ने मात्र होइन, अन्य आयोजनामा समेत त्यसको प्रतिकूल असर परी विकास प्रक्रियामै शिथिलता छाउने गरेको छ । ठुला आयोजनामा यस्तो प्रवृत्ति देखिनु त छँदै छ, साना
नेपाल सङ्घीय संरचनामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार व्यवस्था गरिएको छ । यस सन्दर्भमा नेपालको तथ्याङ्क प्रणालीलाई व्यवस्थित बनाउन तीन तहकै सरकारबिच तथ्याङ्कीय अन्तरसम्बन्धलाई एकीकृत गरी एकीकृत तथ्याङ्क प्रणालीको विकास जरुरी छ । नेपालको संविधानको अनुसूची–६ मा प्रदेश तथ्याङ्कसम्बन्धी अधिकार प्रदेशको एकल अधिकार र अनुसूची–८ मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलनको अधिकार स्थानीय तहमा रहेको उल्लेख गरिएको छ ।
विसं २०२२, माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले ५८ वर्ष पूरा गरी आजबाट ५९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैङ्कले विभिन्न वित्तीय उपकरणमार्फत देशको वित्तीय स्रोतको उच्चतम परिचालन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ । स्थापना भएको समयमा नेपाली मुद्राको चलनचल्ती बढाउने, छरिएर रहेको बच
१. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर् यो ? सन् २०२४ जनवरी २० – मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ । – अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोला
नागरिक सचेतनाले नै सुशासन प्रवर्धन १. निजी क्षेत्रको विकासमा सरकारको भूमिका कस्तो रहन्छ ? दिगो विकास लक्ष्य प्राप्तिमा निजी क्षेत्रले कुन कुन क्षेत्रमा के कस्तो योगदान गर्न सक्दछ ? आफ्नो धारणा व्यक्त गर्नुहोस् । नाफा कमाउने उद्देश्यले आफ्नो दक्षताको क्षेत्रमा लगानी गरी वस्तु तथा सेवाको उत्पादन र वितरण गर्ने सरकारबाहिरको क्षेत्र निजीक्षेत्र हो । निजीक्षेत्र फस्टाउनका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, निजीक्षेत्रप्रतिको सकारात्मक मनोविज्ञान, सहयोग र सहकार्य आवश्यक छ । निजीक्षेत्रको विकासमा सरकारको भूमिका
कर्णाली प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा कपुरकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशमा प्रथम र नेपालमै दोस्रो भएको छ ।
लोपोन्मुख राउटे समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन कर्णाली प्रदेश सरकारले एकीकृत नीति ल्याउने घोषणा गरेको दुई वर्ष बित्दा पनि त्यसको कुनै प्रक्रिया अघि बढेको छैन । तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले २०७८ साल असार ७ गते सरोकारवाला र विज्ञसँग छलफल गरी राउटे संरक्षणका लागि तत्कालै नीति बनाइने बताउनुभएको थियो । त्यसका लागि मन्त्रालयले सरोकारवाला पक्षका सुझाव पनि लिइएको थियो । तथापि उक्त नीति निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
विकास निर्माणमा देखिएका विद्यमान समस्या समाधान गर्ने प्रस्ट योजनासहित आगामी योजना तर्जुमा गर्नुपर्ने उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताउनुभएको छ ।
अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनका छ विद्यालय बन्द गरिएका हुन् भने एउटा विद्यालय घुम्ती पढाइका लागि बेँसी झारिएको छ ।
यो मुलुकमा पुलपुलेसा, सडकलगायत विकास निर्माणका काम तोकिएको समयावधि वा म्याद थप गर्दा पनि नबनेको थुप्रै उदाहरण छन् तर कैलालीमा भने पुलको निर्माण कार्य तोकिएको समयावधिभन्दा १४ महिनाअगाडि नै पूरा भएको छ । बर्दगोरिया गाउँपालिका–३ स्थित सेती लोकमार्गमा पर्ने काँडा खोला पुल तोकिएको समयावधिभन्दा अगाडि बनेको हो । दुई स्पानको सो पुलको लम्बाइ ८५ मिटर रहेको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका तत्कालीन झलारी, पिपलाडी गाविस र देखतभुली गाविसका ४ र ६ वडा मिलेर बनेको स्थानीय तह हो । १२ वडा रहेको शुक्लाफाँटा नगरपालिका शुक्लाफाँटा वन्यजन्तु आरक्षसँग जोडिएको छ । यो पालिका पूर्वपश्चिम राजमार्ग छिचोलेर गएको छ । ४७ हजार जनसङ्ख्या रहेको यस नगरपालिकामा थारू, राना र पहाडबाट बसाइँसराइ गरेकाको मिश्रित बसोबास छ । यो नगरपालिका अझै पनि गाउँबाट नगर बन्ने क्रममै रहेको छ । नेकपा (एमाले) का स्थानीय नेता रणबहादुर महरा नगरपालिका प्रमुख हुनुहुन्छ । नगर प्रमुख महरासँग गोरखापत्र प्रदेश संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको कुराकानी :
नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
पौराणिक, धार्मिक कथा बयान गर्ने चित्रकला/मूर्तिकला हेर्ने अवसर बोधिसत्व ग्यालरीले जुराएको छ । ललितपुरस्थित ग्यालरीमा दुई चित्रकलासहित २९ जना कलाकारका २९ वटै चित्र र धातुका मूर्तिमार्फत परम्परागत र धार्मिक महत्वलाई दर्शाएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा