• १३ साउन २०८१, आइतबार

ललितपुरको नापी सर्वेक्षक यादव अढाई लाख घुस सहित पक्राउ

blog

काठमाडौँ, माघ १० गते । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ  गरेको छ । 

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो ।  घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।