• १३ साउन २०८१, आइतबार

कला प्रतियोगिता आयोजना

blog

ललितपुर, माघ १० गते । पौराणिक, धार्मिक कथा बयान गर्ने चित्रकला/मूर्तिकला हेर्ने अवसर बोधिसत्व ग्यालरीले जुराएको छ । 

ललितपुरस्थित ग्यालरीमा दुई चित्रकलासहित २९ जना कलाकारका २९ वटै चित्र र धातुका मूर्तिमार्फत परम्परागत र धार्मिक महत्वलाई दर्शाएका छन् । 

बोधिसत्व फाउन्डेसनले बोधिसत्व ग्यालरीका परिकल्पनाकार पूर्णमान शाक्य स्मृति कला प्रतियोगिताको दोस्रो संस्करणमा उक्त चित्र र मूर्ति सङ्कलन भएका हुन् । प्रतियोगिता अन्तर्गत पौभा पेन्टिङ र मूर्तिकला विधाका छ जना कलाकार पुरस्कृत हुनुभयो ।   

पौभातर्फ रामप्रकाश श्रेष्ठको ‘आर्यतारा’ ले प्रथम, प्रिया शाक्यको ‘वैइरोचन बुद्ध’ ले दोस्रो र अमृत डङ्गोलको ‘अष्टमात्रिका’ ले तेस्रो पुरस्कार प्राप्त गरेको छ । मूर्तितर्फ निरोज शाक्यको ‘शाक्यमुनि बुद्ध’ प्रथम, वीरेन्द्र शाक्यको ‘पद्मसम्भव’ दोस्रो र राजीव तण्डुकारको ‘चक्रसम्भरा’ ले तेस्रो पुरस्कार पाएको छ ।