राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।
बाँकेका एक जना विपन्न क्यान्सरपीडितलाई उपचारका लागि २५ हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
आमाका लागि उसका सन्तान कलेजोको टुक्रा सरह हुन्छन भन्ने पुस्तौँदेखिको भनाइलाई वीरगञ्ज पर्साकी ३० वर्षीया सीता भट्टले प्रमाणित गर्नुभएको छ । कलेजोमा भएको क्यान्सरले जीवनसँग संघर्ष गरिरहेका तीन वर्षीय छोरा रिसव भट्टलाई आमा सीताले कलेजोको टुक्रा दिएर नयाँ जीवन दिनुभएको छ ।
मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
भैरहवाको भानु माध्यमिक परिसरमा निर्मित ‘विश्व गायत्री स्मृति भवन’ विद्यालयलाई हस्तान्तरण गरिएको छ।
हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन् । जिल्लाको मौसममा बदलीसँगै बिहानबाट बाक्लो बादल लाग्दा चिसो बढेको हो ।
आगामी चैत २३ र २४ गते धरानमा चौथो मिस्टर कोशी खुल्ला शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ ।
शीतलहर बढेसँगै चिसोबाट बच्न रौतहटको नौ वटा स्थानीय तहले आ–आफ्नो पालिकामा दाउराको प्रबन्ध गरी आगो ताप्ने व्यवस्था मिलाएका छन् ।
पूर्वी नवलपरासीमा ६ महिने अवधिमा १२ हजार बढी सवारी साधन कारबाहीमा परेका छन् । साउनदेखि पुस मसान्तसम्मको पछिल्लो ६ महिनामा १२ हजार ८ सय ४७ सवारी कारबाहीमा परेका हुन् ।
जाजरकोट केन्द्रबिन्दु भई गत कात्तिक १७ गते गएको भूकम्पबाट प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप सहायताका कोषमा हालसम्म २८ करोड ७१ लाख ४१ हजार छ सय ६५ बराबर सङ्कलन भएको छ ।
जिल्लाको बुढीगङ्गा नगरपालिका-७ मा तालाबन्दी गरिएको छ । लामो समयमा पनि नगरबाट सचिव नपठाएको भन्दै यहाँका स्थानीयले वडापालिकामा तालाबन्दी गरेको हो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आगामी दिनमा नर्सिङ तथा प्यारामेडिक्स विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पुस पहिलो हप्तासम्म पर्यटकले भरिभराउ ढोरपाटन उपत्यका यतिबेला चिसोका कारण सुनसान बनेको छ । प्रचार-प्रसार र सडक पहुँचका कारण पछिल्लो समय पर्यटकको रोजाइमा परेको नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा फागुन लागेपछि मात्रै चहलपहल बढ्ने छ ।
लोपोन्मुख लाप्चा समुदायको बसोबास रहेको इलामको रोङ गाउँपालिका–६ मा कला–साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यो सातामा कारोबारको लगातार चौथो दिन आज नेप्से परिसूचक १० दशमलव २५ अङ्कले घटेर दुई हजार ८८ दशमलव ०४ को बिन्दुमा सीमित भएको छ ।