• १९ असोज २०८१, शनिबार

टेकु अस्पतालले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने

blog

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहमा सहभागी हुनुहुँदै ।

काठमाडौं, माघ १० गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आगामी दिनमा नर्सिङ तथा प्यारामेडिक्स विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अस्पतालका नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुइँतुइँले अस्पतालको ९०औँ वार्षिकोत्सवको अवसरमा अस्पतालले नर्सिङ तथा प्यारामेडिक्स विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न  आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति अनुसार नर्सिङ तथा प्यारामेडिक्स विषयमा शैक्षिक कार्यक्रम चलाउन आवश्यक तयारी गरिरहेको बताउनुभयो । 

अस्पतालले शैक्षिक कार्यक्रम सञ्चालन गर्न नर्सिङ प्रमुखको समोजकत्वमा समिति गठन गर्ने निमार्ण गरिसकेको छ ।

अस्पतालमा निर्देशक डा.युवानिधि बस्यौलाले अस्पतालले आगामी दिनमा शैक्षिक कार्यक्रम र सरुवा रोग अनुसन्धान गर्ने योजना रहेकाले सम्बन्धित सबैलाई सहयोगको आग्रह गर्नुभयो ।

यसैगरी, स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अस्पतालले मन्त्रालयको नीति अनुसार नर्सिङ तथा प्यारामेडिक्स विषय शैक्षिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

मन्त्रालयले एक सयदेखि तीन सय शय्याका अस्पतालमा आगामी शैक्षिक सत्रबाट नर्सिङ र प्यामेडिक्स पठाइ हुने र तीन सय शय्याभन्दा माथिका अस्पतालमा एबिबिएस पठाउने नीति ल्याएको छ ।

चाडोभन्दा चाँडो आगामी शैक्षिक सत्रबाट सुरुवात गर्ने गरी तयार भइरहेको मन्त्री बस्नेतको भनाइ छ ।

उहाँले भन्नुभयो, “अस्पतालले सरुवा रोगको उपचार गर्नेमात्र होइन अब जनशक्ति पनि उत्पादन गर्नुपर्छ । के–केमा पढाउन सक्नुहुन्छ त्यसको योजना बनाउनुहोस्, मन्त्रालय सहयोग गर्न तयार छ । अब आउने शैक्षिक सत्रबाट पढाउन सुरु गर्ने गरी काम अगाडि बढाएका छौँ । ”

कार्यक्रममा निर्देशक बस्यौलाले प्रगति वितरण प्रस्तुत गर्नुहुँदै अस्पतालले पुस ४ गतेबाट सामाजिक इकाईबाट सेवा विस्तार गरी २४ घण्टा सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । यसैगरी, अस्पतालले पुस २२ गतेबाट अस्पतालले एम्बुलेन्स सेवा २४ घण्टा सञ्चालनमा ल्याएको छ । माघ २ गतेबाट अस्पतालले अस्पतालकै फार्मेसी २४ घण्टा सेवा सञ्चालनमा ल्याउनुका साथै अर्फिकी मुलुकमा जाने मानिसलाई लक्षित गर्दै एलो फिबरको खोप दिन सुरु गरेको उहाँको भनाइ छ ।

बस्यौलाका अनुसार अस्पतालले एक वर्षमा एक लाख छ हजार १९ जनाले ओपिडीबाट सेवा लिएको जानकारी दिनुभयो । जसमध्ये इमर्जेन्सीमा ११ हजार ४४६ जनाले सेवा लिएका छन् । उहाँका अनुसार एक वर्ष १९ सय ८७ जना अस्पतालमा भर्ना भएका थिए । त्यस्तै, सामाजिक सुरक्षाका बाट १६ सय ८१ जनाले सेवा लिएका थिए । ओसिएमसीबाट १५ जनाले सेवा लिएका छन् । एक वर्षमा ८१ जना कोरोना सङ्क्रमितले अस्पतालबाट सेवा लिएकोमा एक जनाको मृत्यु भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यो पनि पढ्नुहोस