दस वर्षअघि खचाखच विद्यार्थी भएको काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९, मेच्छेपौवास्थित कुशेश्वर माध्यमिक विद्यालयमा अहिले मुस्किलले तीन सय विद्यार्थी पनि छैनन् ।
अल्पसङ्ख्यक आदिवासि सन्थाल जाति यतिबेला आफ्नो सबैभन्दा ठूलो पर्व 'सोहराय' मनाउन व्यस्त छन् ।
हिमाली जिल्ला मनाङको तापक्रम दिनहुँ घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।
निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।
रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा सुरु भएको छ । बिहानैदेखि सुरु भएको निर्वाचन आज नै सम्पन्न भएर आज नै मतपरिणम समेत आउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए । प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उहाँका ससुरा ओमकारनिधि तिवारी, सासू कल्पना तिवारी, छोरा प्रियान्स गौतम र छोरी स्मारिका गौतमको ज्यान गयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।
‘अब यो दिन पनि आयो !’ उसको मनमा सोचाइ पनि झ्वाट्ट आइपुग्छ, जब विमानस्थलमा आफ्नो हितैषीलाई बिदाइको हात अन्तिम पल्ट हल्लाउँछ । –“म अरू जस्तो होइन, यहीँका लागि जन्मिएको हुँ । जो जहाँ जान चाहे जाऊन्, म यहीँ गर्छु, जे गर्नु छ ।” भन्ने पनि जाँदै छ अब त अन्त्यमा ।
मुलुकमा संविधान र सङ्घीयतानुकूल कतिपय महत्वपूर्ण कानुन अझै जारी हुन सकेको छैन । कानुन निर्माणको थलो सङ्घीय संसद्मा २०७९ सालको निर्वाचनपछिका अवधिमा पर्याप्त विधेयक पेस नहुँदा सांसदले चाहे जति ‘बिजनेस’ पाएनन् ।
चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा मिर्गौलाका बिरामीका लागि डायलायसिस सेवा सञ्चालनमा ल्याइने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।
नर्डिक क्षेत्रका केही देश नर्वे, फिनल्यान्ड, नर्वे र स्विडेनमा इस्वी संवत्को २० औँ शताब्दीको आरम्भदेखि एक यस्तो परम्परा चलिआएको छ, जसमा नवजात शिशुलाई चिसो मौसममा बाहिर सुताउने गरिन्छ । शिशुलाई स्वच्छ हावा, बरफ बन्ने तापक्रम नै किन नहोस्, मा सुताएमा तिनीहरूको प्रतिरक्षा प्रणाली बलियो हुने र समग्र स्वास्थ्य प्रवर्धन हुने विश्वासमा आधारित छ यो परम्परा । सन् १९५० को दशकमा सोभियत सङ्घमा केही अभिभावक र संस्थाले समेत यस अभ्यासलाई अपनाएका थिए ।
पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार दिउँसो करिब ३ बजे भवनबाट आगलागी भएको थियो । आगो राति ९ बजे मात्रै निभाइ सकिएको थियाे । घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।
थारूको सबैभन्दा ठूलो पर्व माघी थारूहरूले परापूर्वकालदेखि धूमधामसँग मनाउँदै आइरहेका छन् । थारू समुदायले स्थान विशेष अनुसार फरक फरक तरिकाले विशेष महत्व दिएर माघी मनाउने गर्छन् । यस पर्वलाई थारूले विशेष गरेर नयाँ वर्ष, उन्मुक्ति दिवस, सदभाव र मेलमिलापका रूपमा तथा चेलीबेटीलाई कोसेली उपहार दिने पर्वका रूपमा मनाउने चलन रहिआएको छ । यस पर्वमा धुमरु गीत गाउने, डफ, मादल बजाउने र मघौटा आदि नाच नाच्ने गरिन्छ ।
विराटनगरमा अझै ६० प्रतिशतभन्दा बढी घरधुरीले भूमिगत जलस्रोतको प्रयोग गरिरहेका छन् । महानगरपालिका क्षेत्रमा ६०.७ प्रतिशत घरधुरीमा अझैसम्म पिउने पानीको धारा जडान भएको छैन । यी घरमा ट्युबेलको प्रयोग गरिँदै आएको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको छ । गाउँपालिकाले स्वमूल्याङ्कनमा ९४ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो बनेको हो ।