जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ ।
विराटनगरमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । राष्ट्रिय सभा निर्वाचनमा खुला तथा महिला सदस्य पदका लागि निर्वाचन भएकोमा महिला उम्मेदवारको मतगणना सुरु गरिएको हो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतदान सम्पन्न भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० निर्वाचन अधिकृतको कार्यालय, बागमती प्रदेशले निर्वाचनमा प्रदेश सभाका १०८ जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३४ जना गरेर ३४२ जनाले मतदान गरेको जनाएको छ।
बागमती र मधेश प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सहज जित निकालेको छ ।
नेपाली चलचित्र गोरखा वारियरको ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक भएको हो ।
श्रमजीवी पत्रकार सम्बन्धी ऐन संशोधन गरी पत्रकारको अधिकार सुनिश्चित गर्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि आज भएको निर्वाचनमा मतदान सकिएको छ। अपराह्न ४ बजेबाट मतगणना हुने प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिनुभयो।
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि मतदान भएको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले रैथाने जातको मान्यता प्रदान गरेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कमा उत्पादित सुन्तला मुग्लिन र काठमाडौँको कालीमाटी बजारमा पठाइएको छ ।
स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढवा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
सर्लाहीको लालबन्दीमा रहेको प्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको बचत रकम लिएर फरार भएपछि प्रहरीले एक जना संस्थापक सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय स्तरको बृहत् पारा खेलकुद प्रतियोगिता योजना गर्ने तयारी गरेको छ ।
राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सय तीन मत मात्रै खसेको छ । लुम्बिनी प्रदेशमा रहेको तीन सय पाँच मतमध्ये निर्वाचनमा तीन सय तीन मत मात्रै खसेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।