राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय हुनुभएको छ । बिहीबार सम्पन्न निर्वाचनमा फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी र नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी विष्णुदेवी सापकोटा विजयी हुनुभएको हो ।
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको छ ।
जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी सुनसरी वराहक्षेत्र नगरपालिका-११ मधुवनका २५ वर्षीय सेहमान खाँ पक्राउ परेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वि.सं.२०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।
च्याम्पियन मार्सल आर्ट्स एकेडेमीकी कार्यकारी प्रमुख सुशीला लामाको नेतृत्वमा चार सदस्यीय नेपाली टोली ड्रेस्डेन ओपन कराते च्याम्पियनसिप–२०२४ मा सहभागी हुन बिहीबार जर्मनी प्रस्थान गरेको छ । सो प्रतियोगिता शनिबार सुरु हुनेछ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १० की मनरुपा शर्मा (विमला) राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र विद्रोहमा आफैँ सहभागी शर्माका श्रीमान् द्वन्द्वकै क्रममा सरकारी पक्षबाट मारिनुभएको थियो ।
सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । दादुरा-रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।
दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटमा समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइमा पर्ने गर्छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ ।
यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लागेको छ । सातामा कारोबारको पाँचौँ दिन आज नेप्से परिसूचक तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान सकिएको छ। प्रदेशमा दुई सय २९ जनाले मतदान गर्नुभएको छ। बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवबहादुर नेपालबाहेक सबैले मतदान गर्नुभएको हो।
जिल्लाका स्थानीय तहहरूले थारु समुदाय लक्षित नीति बनाएका छन् । राप्ती गाउँपालिकाले बडघर ऐन निर्माण गरेको छ । थारु समुदायको गाउँघरमा हुने कामलाई सामूहिकरुपमा गर्ने र न्यायिक कार्य पनि गर्ने गर्छन् ।