काठमाडौं, माघ ११ गते । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ ।
आयोगले सबै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार कोशी प्रदेशमा निर्वाचक मण्डलका सदस्यमध्ये प्रदेश सभाका सदस्यतर्फ ९३ जना मतदाता रहेकोमा ९३ जनाले नै मतदान भएको जानकारी दिएको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेश सभा सदस्यतर्फ १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २७३ मतदाता रहेकोमा २७१ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको जानकारी दिनुभयो । यसरी कोशी प्रदेशतर्फ कूल मतदाता ३६६ मा ३६४ जनाले मतदान गरेकाले ९९.४५ प्रतिशत मतदान भएको छ ।
मधेश प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ १०७ जना मतदाता रहेकोमा १०६ जनाले मतदान गरी ९९.०७ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २६७ मतदाता रहेकोमा २६७ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी मधेश प्रदेशतर्फ कूल मतदाता ३७४ मा ३७३ जनाले मतदान गरेकोले ९९.७३ प्रतिशत मतदान भएको छ ।
प्रवक्ता पौडेलका अनुसार बागमती प्रदेशमा प्रदेश सभाका सदस्य तर्फ ११० मतदाता रहेकोमा १०८ जनाले मतदान गरी ९८.१८ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २३७ मतदाता रहेकोमा ३३४ जनाले मतदान गरी ९८.७३ प्रतिशत मतदान भएको छ । यसरी बागमती प्रदेशतर्फ कूल मतदाता ३४७ मा ३४२ जनाले मतदान गरेकोले ९८.५६ प्रतिशत मतदान भएको छ ।
गण्डकी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ६० जना मतदाता रहेकोमा ६० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७० मतदाता रहेकोमा १६९ जनाले मतदान गरी ९९.४१ प्रतिशत मतदान भएको छ । यसरी गण्डकी प्रदेशतर्फ कूल मतदाता २३० मा २२९ जनाले मतदान गरेकोले ९९.५७ प्रतिशत मतदान भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ८७ जना मतदाता रहेकोमा ८७ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ २१८ मतदाता रहेकोमा २१६ जनाले मतदान गरी ९९.०८ प्रतिशत मतदान भएको छ । यसरी लुम्बिनी प्रदेशतर्फ कूल मतदाता ३०५ मा ३०३ जनाले मतदान गरेकोले ९९.३४ प्रतिशत मतदान भएको छ ।
कर्णाली प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ४० जना मतदाता रहेकोमा ४० जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १५६ मतदाता रहेकोमा १५६ जनाले नै मतदान गरी १०० प्रतिशत मतदान भएको छ । यसरी कर्णाली प्रदेशतर्फ कूल मतदाता १९६ मा १९६ जनाले नै मतदान गरेकाले १०० प्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५२ जना मतदाता रहेकोमा ५२ जनाले नै मतदान गरी १०० प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १७६ मतदाता रहेकोमा १७३ जनाले मतदान गरी ९८.३० प्रतिशत मतदान भएको छ । यसरी सुदूरपश्चिम प्रदेशतर्फ कूल मतदाता २२८ मा २२५ जनाले मतदान गरेकोले ९८.६८ प्रतिशत मतदान भएको छ ।
यसरी सातै प्रदेशमा प्रदेश सभाका सदस्यतर्फ ५४९ जना मतदाता रहेकोमा ५४६ जनाले मतदान गरी ९९.४५ प्रतिशत र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फ १४९७ मतदाता रहेकोमा १४८६ जनाले मतदान गरी ९९.२७ प्रतिशत मतदान भएको छ । यसरी सबै प्रदेशतर्फ कूल मतदाता २०४६ मा २०३२ जनाले मतदान गरेकाले ९९.३२ प्रतिशत मतदान भएको छ ।