देशकै पुरानो सप्तरीस्थित चन्द्र नहरको पुनः निर्माण हुने भएको छ । मर्मत अभावले जीर्ण बनेको नहरलाई जापान सरकारले दुई अरव लगानी गरेर पुनःनिर्माण गर्ने भएको हो । चन्द्र नहर सिचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण महत्मान यादवका अनुसार जापान सरकार निर्माण ठेक्का लिएको बताउनुभयो ।
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
समय, घडी–पल या काल यो अनौठो छ । समय व्यतित हुँदै यसका बहुरङ्गी डोबहरू हाम्रो स्मृतिपटमा रङ्गिँदै जान्छन् । त्यो कसरी आयो ? कसरी भयो ? कसरी गयो ? यी यक्षप्रश्नहरू सदा अनुत्तरित छन् । तर एउटा कुरो भने पक्कै हो कि यो रुखो वर्तमानमा विगतमय स्मृतिक्षण सारै मिठा हुन्छन् ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले शैक्षिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले विद्यालयमा नयाँ सिसी क्यामेरा जडान गर्न सुरुआत गरेको छ । साँघुस्थित प्रस्तावित नमुना नारायणी माध्यमिक विद्यालयमा पहिलो चरणमा २६ सिसी क्यामेरा जडान गरिएको हो ।
जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ ।
निर्वाचनको समयमा खानेपानीको समस्या समाधान गरिदिन्छौ भन्ने नेताहरूले आश्वासन भुलेको स्थानीयले गुनासो गरेका छन् ।
नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।
पोखराको बेगनास तालमा मोटर बोट सञ्चालन तत्कालका लागि रोक्न उच्च अदालत पोखराले परमादेश जारी गरेको छ । न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले बिहीबार परमादेशसहित अन्तरिम आदेश जारी गरेको हो ।
सङ्घीय सांसदको मुख्य काम र कर्तव्य भनेको ऐनरकानुन निर्माणको जिम्मेवारीसँगै जनजीविकाका सवालमा बेलाबखत देखिने गारोसाँघुरो हटाउँदै समृद्धिका लागि आवाज उठाउने रहेको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
तराईको जिल्लाहरूमा बसोबास गर्दै आएका चाँय जातिहरू पिछडा वर्गमा सूचिकृत भएका छन् । संवैधानिक राष्ट्रिय समावेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडा वर्गमा समावेश गरी सूचिकृत गरेको हो ।
अमेरिकाको लस एन्जल्समा सन् १९८४ अगस्त ५ मा एक अविस्मरणीय घटना भएको थियो । ओलम्पिकको इतिहासमा महिला ओलम्पिक म्याराथन दौड सुरु गरिएको दिन हो यो । ४४ राष्ट्रका महिला म्याराथन धाविकामध्ये एक ग्याब्रियला एन्डरसन स्ब्सिी पनि थिइन् । ओलम्पिकमा दौडन स्विट्जरल्यान्डबाट उनी लस एन्जल्स पुगेकी हुन् । उनी ३९ वर्षकी थिइन् । त्यतिखेर लस एन्जल्समा उखरमाउलो गर्मी थियो । २८ डिग्री सेल्सियस तापक्रममा ४४ राष्ट्रका धाविका ४२ किलोमिटर म्याराथन दौड पूरा गर्न तरतरी पसिना चुहाउँदै दौडिरहेका थिए । ग्याब्रियला पनि दौडिरहेकी थिइन् । उनीहरूलाई हौसला प्रदान गर्न बाटोको दुवैपट्टि उभिएका दर्शक ताली बजाइरहेका थिए ।
बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली नदीको पूर्वी भँगालो गेरुवा नदीमा पानीको सङ्कट गहिरिएको छ । वन्यजन्तुका लागि पानीको मुख्य स्रोत रहेको यही गेरुवा नदीमा एक दशकअघिसम्म प्रशस्त पानी बग्थ्यो । पानीको बहाव तीव्र थियो । पानी प्रशस्त हुँदा यस क्षेत्रमा निकुञ्जका गैँडा, हात्ती, बाघ र चराचुरुङ्गी आहाल बस्थे, पानी पिउँथे ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएको छ । बुधबार साँझ परेको हिमपातले तीन हजार ६६० मिटरको उचाइमा रहेको खोप्राडाँडा सेताम्मे भएको छ । हिमपातका कारण यहाँबाट देखिने धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जालगायतका हिमाल सुन्दर देखिएका छन् ।
सवारी चापसँगै जथाभाबी रहेका सामुदायिक कुकुरले गर्दा दुर्घटनाको जोखिम बढिरहेकाले धरान उपमहानगरमा मानव कल्याण सेवा समाजले सामुदायिक कुकुरलाई नियोन बेल्ट लगाइदिएको छ । पछिल्लो समय दिनप्रतिदिन सवारी दुर्घटना बढ्दै गएको छ । सवारी दुर्घटनाको प्रमुख कारणमा चालकको लापरबाही, सवारी चाप