• ८ असार २०८१, शनिबार

जाजरकोटका २९ जना बालबालिका मामाघरमा

blog

जाजरकोटबाट ललितपुरको मामाघर जाँदै गरेका बालबालिकाहरू । तस्बिर.सहदेव बस्नेत

सहदेव बस्नेत

जाजरकोट माघ १२ गते । जाजरकोटबाट भूकम्प पीडित २९ जना बालबालिका मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले लिएको छ । 

भूकम्पमा परी अभिभावक गुमाएका वा अन्य विपत्तिमा परी समस्याका परेका कुशे र बारेकोट गाउँपालिकाका २९ जना बालबालिकाको हेरचाह अनाथालयले गर्ने भएको हो । कुशेका १६ जना र बारेकोट गाउँपालिकाको १३ जना बालबालिकाको शिक्षा, पालनपोषण मामाघर अनाथालय सपाेर्ट एन्ड केयर सेन्टर ललितपुरले गर्नेछ । 

 स्थानीय समाजसेवी विकास रोकायाको  पहलमा कक्षा १२ सम्म निःशुल्क पढाइने गरी बालबालिकालाई मामाघर लगिएको हो । जाजरकोट यति वेला भूकम्पका कारण निकै समस्या छ, ,‘बालबालिकाको शिक्षा, दीक्षासमेत अभिभावकले दिन नसक्ने कुराको ख्याल गरी उनीहरूलाई त्यहाँ पठाइएको रोकायाको भनाइ छ ।  ।’

स्थानीय तहको सिफारिसमा निकै जोखिममा परेका बालबालिका छनाेट गरी पठाइएको समेत रोकायले जानकारी दिनुभयो । अनाथालयका कर्मचारीहरू  नै जाजरकोट पुगी सबै कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई ललितपुर लिएको विकासले जानकारी दिनुभयो ।