नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मलेसियाको दोस्रो अधिवेशनले अर्पण मगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।
मोरङ, माघ १२ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै उहाँले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । मुख्यमन्त्री कार्कीले जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिनुभयो । उहाँले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।मुख्यमन्त्री कार्कीले आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला र प्राडा हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता औंल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता छ । रासस
उदयपुरको उदयपुरगढी गाउँपालिकाले पशुमा देखिने सरुवा रोगविरुद्धको खोप अभियान सुरु गरेको छ ।
राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा कर्णालीले प्रदेशले नेपाल पुलिस क्लबलाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ ।
लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउने समितिले जनाएको छ ।
मधेश प्रदेश सरकारले शीतलहर प्रभावित विपन्न परिवारलाई कम्बल वितरण गर्न सुरु गरेको छ ।
काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । तिकुनेबाट रत्नपार्क जाँदै गरेको बा.३ ख. ३७६२ नम्बरको बस बानेश्वर चोकमा भासिएको हो ।
बाँकेको खजुरा गाउँपालिका-४ डि गाउँमा लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन ।
छेउमै कलकल बग्ने निसीखोला । माथिपट्टि अग्ला भिर पहरा । बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग । आडमै छ निसी गाउँ । स–साना ढुङ्गा माटोले बनेका कलात्मक घर । बाक्लो मगर बस्ती ।
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको सङ्कल्प गर्ने बेला आएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबिच संवादमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनु भयो ।
पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डको कामले गति लिन थालेको छ ।
जुम्ला चन्दननाथ नगरपालिका २ निवासी २४ वर्षीय युवा विराज भण्डारीमा पातमा चित्र र आकृति कोर्ने कला छ ।