• १२ साउन २०८१, शनिबार

राष्ट्रिय सभा निर्वाचन : ५० प्रतिशत मत खस्यो, नतिजा आजै आउने

blog

मधेश प्रदेशमा मतदान हुँदै । तस्बिर : धर्मेन्द्र झा

काठमाडौं, माघ ११ गते । निर्वाचन आयोगले बिहीबार साँझ ७ बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहानदेखि देशका सातै प्रदेशमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी छ ।

उहाँले हालसम्म ५० प्रतिशतभन्दा बढी मतदान भइसकेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘एकदम शान्तिपूर्ण रुपमा मतदान कार्य सुचारु भ अगाडि बढेको छ । ५० प्रतिशतभन्दा बढी मत खसिसकेको छ । तर, मतदानका लागि दिउँसो ३ बजेसम्मको समय दिइएकोले मतदान कार्य बन्द हुँदैन ।’’

उहाँले त्यसपछि मुचुल्का गर्ने र यसको एक, डेढ घण्टापछि मतगणना सुरु हुने कार्यतालिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज बेलुका ६–७ बजेसम्म नतिजा आइसक्ने आयोगले अपेक्षा गरेको छ ।’’

यो पनि पढ्नुहोस

राष्ट्रियसभा सदस्य निर्वाचन सातै प्रदेशमा जारी

राष्ट्रिय सभा निर्वाचन आज

मतदान स्थलमा शान्ति सुरक्षामा कडाइ