• १६ वैशाख २०८१, आइतबार

बर्फिलो मौसममा घरबाहिर मस्तसँग निदाएको तस्बिर

blog

नर्डिक क्षेत्रका केही देश नर्वे, फिनल्यान्ड, नर्वे र स्विडेनमा इस्वी संवत्को २० औँ शताब्दीको आरम्भदेखि एक यस्तो परम्परा चलिआएको छ, जसमा नवजात शिशुलाई चिसो मौसममा बाहिर सुताउने गरिन्छ । शिशुलाई स्वच्छ हावा, बरफ बन्ने तापक्रम नै किन नहोस्, मा सुताएमा तिनीहरूको प्रतिरक्षा प्रणाली बलियो हुने र समग्र स्वास्थ्य प्रवर्धन हुने विश्वासमा आधारित छ यो परम्परा । सन् १९५० को दशकमा सोभियत सङ्घमा केही अभिभावक र संस्थाले समेत यस अभ्यासलाई अपनाएका थिए ।

यस परम्पराको एक झलक यस तस्बिरमा देखिन्छ । सन् १९५८ मा मास्कोमा खिचिएको यस तस्बिरमा शिशुहरू बर्फिलो मौसममा घरबाहिर मस्तसँग निदाएको देख्न सकिन्छ । 

–युवामञ्च