अधिकांश मानिसले आफ्नो जीवनमा यस्तो समय बिताएको हुनुपर्छ जुनबेला नुहाउनु भनेको सकभर प्राथमिकता थिएन । हुनसक्छ समयको अभावले, बिर्सेर वा नुहाउने सुविधा नपाएर त्यसो भएको होला । नुहाउनमा केही दिनको ढिलाइलाई कतै नराम्रो मान्नु भएन । जब तपाईंलाई नुहाउन हप्ता दिन वा त्यसभन्दा बढीको समयपछि जाँगर लाग्छ भने चिन्ता लिनुपर्ने हुन्छ र शरीर गनाउन थाल्छ ।तर वर्षौंसम्म ननुहाए वा ६७ वर्षसम्म नुहाइएन भने के होला ?
म्याग्दीको रघुगङ्गा जलाधार क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका जलविद्युत्, पर्यटन र कृषिमा राम्रो सम्भावनायुक्त पालिका हो । यहाँका केही वडा भौगोलिक रूपमा विकट छन् । जनप्रतिनिधि निर्वाचित भएपछि पालिकाभित्र सडक, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र जलविद्युत्का क्षेत्रमा महत्वपूर्ण काम भएका छन् । रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीसँग गोरखापत्रका ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
दैनिक पाँच सय बिरामी जाँचको क्षमता भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले त्यसको चार गुणाभन्दा बढीलाई सेवा दिइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सो अस्पतालमा उपचारका लागि सेवाग्राही आउने गरेका छन् । विसं १९६७ सालमा स्थापना भएको सो अस्पतालले अहिले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुदर्शन थापाका अनुसार अस्पतालले सामान्य चिकित्सा, शल्यक्रिया, बालचिकित्सा, कार्डियोलोजी, न्युरोलोजी, न्युरो सर्जरी, मनोरोग, अर्थोपेडिक शल्यक्रिया (फिजियोथेरापी सेवासहित), नाक र घाँटी शल्यक्रिया, प्रसूति र स्त्रीरोग र दन्त तथा छालाका लागि ओपिडी सेवा प्रदान गरिरहेको छ । उहाँका अनुसार अस्पतालले प्रयोगशाला, रेडियोलोजी, इसिजी, इन्डोस्कोपीलगायतका सेवासमेत प्रदान गर्दै आएको छ ।
नेपाली सेनाले यस वर्ष इटहरी, भरतपुर र काठमाडाँैलाई मुख्य केन्द्र मानी विभिन्न ठाउँमा ‘भूपू सैनिक सम्मेलन’ आयोजना गर्ने भएको छ । त्यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी सेनाले सम्मेलन गर्न लागेको हो ।
बाँकेको नौवस्तामा नवनिर्मित कारागार भवनको भौतिक पूर्वाधार सुरक्षाका हिसाबले कमजोर देखिएको छ । ५० करोडभन्दा बढी रकम खर्च गरेर निर्माण गरिएको सो कारागारमा कैदीबन्दी सार्ने तयारी भइरहेका बेला सुरक्षाका दृष्टिकोणले सो कारागार भवन कमजोर रहेको सुरक्षा अधिकारीले नै बताएका छन् ।
विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बालबालिकामध्ये सात प्रतिशतले विद्यालय टेक्न पाएका छैनन् । कर्णालीमा चार वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने बालबालिकाको सङ्ख्या पाँच लाख १९ हजार ५२० रहेको छ । त्यसमध्ये चार लाख ८२ हजार ५३७ जना मात्र विद्यालय भर्ना भएका छन् । ३६ हजार ९८३ जना अर्थात् ७.१ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर छन् ।
गुर्भाकोट नगरपालिकाको गोचे खोलामा निर्माण गरिन लागेको पक्की पुल छ वर्षदेखि अलपत्र छ । विभिन्न कारण देखाउँदै ठेकेदारले पटक पटक म्याद थप गरेर निर्माण अधुरै राखेको छ । दुई वटा वडाका नागरिकलाई आउजाउ सहज बनाउन गोचे खोलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन थालिएको थियो । नगरपालिकाको वडा नं. ४ र ५ को सिमाना गोचेखोलामा २०७४ साल भदौ २३ देखि निर्माण सुरु गरिएको थियो । २०७६ साल वैशाख ३१ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी एडभेन्च जेभी बाँकेसँग चार करोड ३० लाख ९७ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको हो ।
जिल्लामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनालाई चाहिने जग्गा अधिग्रहण प्रव्रिmया सुरु गरिएको छ । अरुण तेस्रो जलविद्युत् परियोजना निर्माण गरिरहेको सतलज जलविद्युत् निगमले नै
सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा प्रशिक्षण केन्द्र (ड्राइभिङ सेन्टर) कै सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । बागमती प्रदेश सरकारले सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल एक्जाम) मा प्रशिक्षण केन्द्रकै सवारीसाधन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने गरी व्यवस्था
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीबारे पुनर्विचार हुनुपर्ने कुरा प्रदेश सभामा उठेको छ । राजधानी तोकिएको साढे पाँच वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि राजधानीबारे पुनर्विचार गर्नुपर्ने कुराले सदनमा प्रवेश पाएको हो । मङ्गलबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै डोटीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले अघिल्लो प्रदेश सभाले तोकेको राजधानी कार्यान्वयनमा प्रदेश सरकार गम्भीर नबनेको बताउनुभयो ।
भौगोलिक विविधताका साथसाथै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपाली पहिचान अमूल्य निधिका रूपमा विश्वसामु परिचित छ । नेपालको संविधानले सबै जातजातिको समान अस्तित्व, समान अधिकार र हैसियत स्वीकार गरेको मात्र नभई विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासमा न्यायपूर्ण हक स्थापित गरेको छ । जनसाङ्ख्यिक रूपमा अल्पसङ्ख्यक समुदायलाई समेत स्वजातीय पहिचान कायम राखी आर्थिक, सामाजिक तथा सांस्कृतिक अवसर र लाभको समान वितरण तथा त्यस्ता समुदायभित्रका विपन्न नागरिकको संरक्षण, उत्थान, सशक्तीकर
नेपाली जनताले लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक–पटक आन्दोलन गरे । कतिपयले शहादत पनि दिए । देशले धनजनको ठुलो क्षति बेहोर्नु पर्यो । जनताको अपेक्षा पूरा नहुँदा पटक–पटक शासन व्यवस्था परिवर्तन हुँदै आएको छ । ७५ वर्षको इतिहासमा सात पटक त संविधान नै फेरिएको छ । नेपालका लागि अनुभव गर्न बाँकी शासन व्यवस्था सम्भवतः अर्को छैन । राणाहरूको परिवारिक शासन, सक्रिय राजतन्त्रको तीन दशक, संवैधानिक राजतन्त्र र प्रजातन्त्रसहित १६ वर्षको शासन, विगत १५ वर्षदेखि गणतान्त्रिक लोकतन्त्रात्मक शासन प्रणाली र आठ वर्षदेखि यसमा सङ्घीयता पनि थपिएको छ ।
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा आजबाट सुरु भएको छ । माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । शाली नदीमा भक्तजनहरूको बिहानै देखि भीड लागेको छ ।
विद्युतीय सुशासन भन्नाले सूचना र सञ्चार प्रविधिको सहयोगका साथ गरिने सरकारी कामकाज हो । यो सरल, नैतिक, जवाफदेही, उत्तरदायी र पारदर्शी शासन व्यवस्था हो । विद्युतीय सुशासन सेवाका विशिष्ट प्रकारका आधारमा चार प्रकार हुने विज्ञहरू बताउँछन् । ती हुन्– सरकारदेखि नागरिक, सरकारदेखि व्यवसाय, सरकारदेखि सरकार, सरकारदेखि कर्मचारी ।
शेख हसिना वाजेद बङ्गलादेशमा सबभन्दा लामो समयसम्म शासन गर्ने नेतृ बन्नुभएको छ । यसपालि पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएकी उहाँको यो लगातार चौथो कार्यकाल हो । देशका लागि अहिले उहाँ निर्विकल्प नेता बन्नुभयो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएकी हसिना सन् २००९ देखि लगातार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँको आगमनले मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्र सबल हुँदै गएको छ तर प्रमुख प्रतिपक्षी दलसँग भने उहाँको सम्बन्ध राम्रो रहेन ।