• १३ साउन २०८१, आइतबार

भारतीय प्रधानमन्त्रीद्वारा रुफटप सोलार प्यानल जडान गर्ने घोषणा

blog

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

काठमाडौैं, माघ १० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रुफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गर्नुभएको छ ।

यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो । मोदीले यो योजनाले गरिब र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल