• १ जेठ २०८२, बुधबार

पार्किङ निषेध गरेसँगै न्युरोडका व्यवसायी प्रदर्शनमा

blog

न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले पार्किङ निषेध गरेपछि आन्दोलित बनेका व्यवसायी । तस्बिरः सुजन गुरुङ

काठमाडौँ, माघ ९ गते । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै  व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका छन् ।

मंगलबार बिहानदेखि काठमाडौँ महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ । महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२, २३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । 

महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । व्यापारीले सरोकारवालासँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनै पनि ग्राहक नआउने बताए । 

उनीहरूले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायी विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुनेगरी पार्किङ निषेध गरिएको व्यवापारीहरुको गुनासो छ । 

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । तर व्यवसायीले त्यो उपयुक्त नभएको बत्ताउँछन्। 

ताम्राकार मोबाइल व्यापार सङ्घका संस्थापक अध्यक्ष जगत साउद न्यरोड मुलुकभरकै व्यापारको लागि मुटु भएकाले यो क्षेत्रमा पार्किङ बन्द गर्दा ठुलो नोक्सानी हुने बताउनुहुन्छ।

उहाँले न्युरोड क्षेत्र साघुरो भएकाले पार्किङ गर्ने ठाउँ छैन महानगरले उचित व्यवस्थापन विना रातारात सूचना निकालेर बन्द गर्नु गलत भएको उहाँको भनाइ छ । न्युरोड जाने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ । काठमाडौँ टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ । 

यो पनि पढ्नुहोस

पार्किङ हटाइएपछिको न्युरोड (फोटो फिचर)

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ् गर्न नपाइने