• २१ वैशाख २०८१, शुक्रबार

पार्किङ हटाइएपछिको न्युरोड (फोटो फिचर)

blog

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि विशालबजार अगाडिको दृश्य । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ९ गते । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ् निषेध गरेको छ । महानगरले मङ्गलबारदेखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमाथि सवारी पार्किङमा रोक लगाएको हो ।

न्युरोड क्षेत्रमा मङ्गलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएको थियो । हटाउन अटेर गर्ने र पार्किङ् गरी छाडेर जानेको सावारी साधन महानगर प्रहरीले कारवाहीस्वरुप उठाएर लगेको छ ।

न्युरोडको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा महानगरले पार्किङ निषेध गरेको छ ।

महानगरले पार्किङ् हटाएपछि न्युरोड क्षेत्रका व्यवसायीले त्यसको विराेध गरेका छन् । पार्किङ् गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन् ।  















यो पनि पढ्नुहोस

न्युरोड क्षेत्रमा आजदेखि पार्किङ् गर्न नपाइने

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।