• १६ भदौ २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

चाँदनी आचार्य

घोडाघोडी(कैलाली) माघ ९ गते । कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानी नजिक सुदूरपश्चिम प्रदेश ०१००९ प.४६१९ नम्बरको मोटरसाइकल साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार बर्दगोरीया गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय कालु विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । 

उपचारको क्रममा कालुको मृत्यु भएको र चालक प्रदीपको घोडाघोडीमै उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुखडका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।