• १५ मंसिर २०८१, शनिबार

कांग्रेस नेतृ पोख्रेलको निधन

blog

काठमाडौँ,  माघ ९ गते । नेपाली कांग्रेसकी नेतृ द्रौपदी शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान  सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ । प्रजातन्त्र सेनानी  स्वर्गीय गोवर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदीको २००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनः स्थापनाका लागि अतुलनीय योगदान रहेको थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला सङ्घको अध्यक्ष बन्नुभएको थियो ।

गोवर्द्धन शर्माको सर्वस्व हरणपछि उहाँलाई विसं २०१८ सालको जनक्रान्तिमा गिरफ्तार गरेर पैदल हिँडाइ पोखरा हिरासतमा लगिएको थियो । गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक  द्रौपदीको चार छोरा रामचन्द्र, कृष्णचन्द्र, डा जगदीशचन्द्र र सुवास पोख्रेल तथा छोरीद्वय प्रियंवदा र सत्यवती हुनुहुन्छ ।  उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्रले जानकारी दिनुभयो । 

यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले परिवारका सदस्यहरूलाई टेलिफोन गरी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।