• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, माघ ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित समारोहबिच राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो ।