• १९ असोज २०८१, शनिबार

काठमाडौँमा छिटफुट वर्षा

blog

फाइल तस्बिर

काठमाडौं, माघ १० गते । काठमाडौँका एक–दुई स्थानमा आज (बुधबार) छिटफुट वर्षा भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौँका गोङ्गबु, चाबहिल, बालाजु र महाराजगन्जलगायतका स्थानमा छिटफुट वर्षा भएको हो ।

उहाँले भन्नुभयो, “काठमाडौँका एक–दुई स्थानमा छिटफुट मात्र वर्षा भयो, केहीबेर पर्‍यो अनि रोकियो ।”

तत्काल ठुलो पानी पार्ने प्रणाली आउने सम्भावना भने नरहेको उहाँको भनाइ छ । अहिले पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा भएको हो । अन्य दिनको तुलनामा आज बढी चिसो समेत भएको छ ।

काठमाडौँ उपत्यकाबाहेक ताप्लेजुङ र मनाङमा पनि हल्का वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद् मानन्धरको भनाइ छ । मनाङ, सोलुखुम्बु, हुम्लालगायतका हिमाली क्षेत्रमा हिमपात भएको छ । यी क्षेत्रमा भोलि पनि हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

भोली पनि पश्चिमी वायुको प्रभावका कारण आकाशमा बादल लाग्नेछ । तर केही दिन पानी पर्ने सम्भावना नरहेको उहाँ बताउनुहुन्छ ।