• १३ साउन २०८१, आइतबार

सहिदको स्मृतिमा बुद्ध पार्क उद्घाटन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ ११ गते  । सहिद दिवसका अवसरमा हेटौँडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारक परिसरमा बुद्ध पार्क उद्घाटन गरिएको छ । साताव्यापी रूपमा सहिद दिवस मनाउने  क्रममा दिवसको पहिलो दिन सहिद स्मारक विकास समिति, हेटौँडाले सहिद स्मारकमा नवनिर्मित बुद्ध पार्क बुधबार उद्घाटन गरिएको हो । सहिद स्मारक विकास समितिका अध्यक्ष डोरमणि पौडेलले पार्कको उद्घाटन गर्दै शान्तिको प्रतीक बुद्धको सन्देश दिन बुद्ध पार्क निर्माण गरिएको बताउनुभयो । 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका पौडेलले सहिद सप्ताह सहिदहरूको योगदानलाई स्मरण गर्दै विविध रचनात्मक कार्यव्रmमका साथ मनाइने बताउनुभयो । पार्कमा गौतम बुद्ध जन्मेपछि हिँडेका मूर्तिहरू राखिएको छ । साथै गौतम बुद्धका माता मायादेवी, ब्रह्मा र इन्द्रको मूर्तिसमेत राखिएको छ । समितिका सचिव रघुनाथ खुलालले सहिद दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने व्रmममा बिहीबार कृषि, हस्तकला तथा पर्यटकीय वस्तुको प्रवर्धन मेला आयोजना गरिएको जानकारी दिनुभयो । 

यस्तै सहिद सप्ताहका अवसरमा विविध सांस्कृतिक कार्यव्रmम, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम, वडास्तरीय नृत्य प्रतियोगिता, रक्तदान कार्यव्रmम, सहिद र मदन भण्डारीको सपना साकार पार्नका लागि नवयुवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता, वडास्तरीय वक्तृत्वकला प्रतियोगिता, शिक्षक खुला दौड प्रतियोगिता तथा अन्तिम दिन माघ १६ गते प्रभातफेरी, सहिदप्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचनलगायतका कार्यव्रmम हुने भएका छन् । नवनिर्मित बुद्ध पार्क करिब १५ लाख रुपियाँको लागतमा निर्माण गरिएको सहिद स्मारक विकास समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।