• १३ साउन २०८१, आइतबार

चन्दा सङ्कलन गरी ८ रोपनी जग्गा खरिद

blog

चन्दा सङ्कलनबाट जम्मा भएको रुपियाँले अस्पताल निर्माणका लागि खरिद गरिएको जग्गा ।

चित्र मिजार

सिन्धुपाल्चोक, माघ ११ गते । त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका स्थानीय वडावासीले चन्दा सङ्कलन गरेर पालिका स्तरीय १० शय्याको अस्पताल निर्माणका लागि ८ रोपनी जग्गा खरिद गरेका छन् । 

वडावासीले गच्छेअनुसारको चन्दा हालेर पालिकास्तरीय अस्पताल बनाउन जग्गा खरिद गरेको अभियानकर्ता रामकुमार रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय कांग्रेस क्षेत्रीय प्रतिनिधि रुद्धनारायण तिमल्सिनाले ६ लाख ४० हजार, नेपाली कांग्रेसका नेता तथा समाजसेवी निमादोर्जे तामाङ (रामकुमार) ले ५ लाख, गोपाल न्यौपाने र नीराजन न्यौपानेले ३ लाख २० हजार, मेघनाथ तिमल्सिनाले १ लाख ६० हजार, कृष्णबहादुर बस्नेतले १ लाख ६० हजार चन्दा सहयोग गर्नुभएको छ ।  

त्यस्तै, टीकाराज कार्कीले ८० हजार, नोर्बु शेर्पाले ८० हजार, लाक्पा शेर्पाले ५० हजार ५७५, सूर्यनाथ न्यौपानेले ५० हजार, सुरत कार्की ४० हजार, रामकुमार रिसाल २० हजार, सुकुमान तामाङ २० हजार, धावा तामाङ २० हजार, मिलन तामाङ २० हजार, पदमबहादुर रिसाल २० हजार, भक्तनारायण रिसाल २० हजार, बुद्धिराज कार्की २० हजार, शिव कार्की २० हजार, खिकाप्रसाद ढुङ्गाना २० हजार, युवाखर सापकोटा २० हजार, शम्भु नेपाल २० हजार, प्रकाश न्यौपाने २० हजार, श्यामहरि अधिकारी २० हजार र बलराम नेपालले २० हजार चन्दा सहयोग गर्नुभएको छ । 

अन्य स्थानीय वडावासीले २० हजार भन्दामाथि चन्दा सहयोग गरेर प्रतिरोपनी ३ लाख २० हजारमा ८ रोपनी जग्गा खरिद गरिएको काँग्रेस नेता समेत रहेका रिसालले बताउनुभयो । 

गाउँपालिकाले धुस्कुनमा पालिकास्तरीय अस्पताल निर्माणका लागि निर्णय गरेकाले उक्त स्थानमा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । पालिका र स्वास्थ्य मन्त्रालयको समपूरक बजेटमा अस्पताल भवन निर्माण प्रक्रिया अघि बढेको छ । त्रिपुरासुन्दरी गाउँपालिका बिकट र दुर्गम पालिका भएका कारण सामान्य रोगको उपचारका लागि तीन घण्टा बढी समय लगाएर बाह्रबिसे, धुलिखेल धाउनु पर्ने बाध्यता रहँदैआएको छ ।