• २० वैशाख २०८१, बिहिबार

आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते

blog

काठमाडौं, माघ १२ गते । ‘आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते हुने भएको छ । कक्षा–८ देखि १२ सम्मका विद्यार्थीले सो सम्मेलनमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।

इन्जिनियरिङ र रोबोटिक्स, जीवन विज्ञान, रसायन र वातावरण विज्ञान, भौतिक विज्ञान र गणितका साथै कम्प्युटर विज्ञान र इन्डिजिनियोस ज्ञान र प्रविधि विधामा भाग लिनसक्ने छन् । सम्मेलनमा विजेता हुने विद्यार्थीहरू मलेसियामा हुने १३ औँ एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन पाउने छन् ।

सोका लागि नेपालमा हुने सम्मेलन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेजले आयोजना गर्न लागेको हो ।