चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रो. डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्टाउनु नहुने बताउनुभएको छ ।
हुँदैन कोही पनि मन नपराउने सङ्गीत । सुनेपछि आवाज मिलेको बाजाको । सुने पनि कानले पहिले । बस्छ गएर थपक्क मनमा नै । मन नपराउने सङ्गीतलाई । हुँदैन सामान्य मान्छे कोही पनि । भए पनि जतिसुकै व्रmुर र रिसाहा । भए पनि स्वरूप र स्वभाव जस्तोसुकै । हुँदैन फरक मन कसैको पनि । नभए पनि बजाएको बाजा मान्छेले । निस्किएको भए पनि स्वतः सङ्गीत प्रकृतिको । बनाउँछ विभोर मन जसको पनि । हुन्छ सामथ्र्य सङ्गीतको यस्तै मनकारी ।
नेपाल प्रज्ञा–प्रतिष्ठान,अरनिको समाज र विश्व चीन शास्त्र केन्द्र (पेइचिङ)ले संयुक्त रूपमा चिनियाँ साहित्यकारहरूको स्वागत तथा नेपाल –चीन साहित्यिक अन्तरक्रिया गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ६५ वर्ष उमेरसम्मका नेपाली नागरिकलाई नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न पाउने गरी आवेदन माग गरेको छ । आइतबार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै मन्त्रालयले तीस वर्ष देखि ६५ वर्ष उमेर समूहका नागरिकले अध्यक्ष पदका लागि दरखास्त दिन अनुरोध गरेको हो ।
साथीहरू विद्यालयबाट टाढा कतै टुर लैजाँदा कति रमाइलो हुने रहेछ । साथीहरू घुमेको र रमाइलो गरेको त मैले पनि धेरै पढेको थिएँ । यस माघ अङ्कको मुनामा भने म मेरो स्कुलले चित्लाङ भ्रमणमा लैजाँदा मैले देखेको र रमाइलो लागेको कुरा भन्ने छु है । शिक्षक र हामी साथीहरू दुई दिनका लागि चित्लाङ रेसोर्टमा बस्यौँ । हामीले त्यहाँ बस्दा चित्लाङको प्राकृतिक सौन्दर्यलाई पनि नजिकैबाट हेर्ने मौका पायौँ । पहिलो पटक यति रमाइलो ठाउँमा घुम्न पाउँदा हामी साथीहरू त धेरै नै खुसीले रमाएका थियौं । रिसोर्टमा हामीलाई मन पर्ने त्यही स्थानीय गाउँमा उत्पादन भएको खानेकुरा खुवाउनुभएको थियो ।
प्रधानमन्त्री कार्यालयले २२ वटा निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ । निर्माण सम्झौता गरी समयमा काम गर्ने र पेस्की लिएर बेपत्ता हुने ठेकेदारको नाम सहित कम्पनीको नाम सार्वजनिक गरी तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
महको म, खुसी, मनसुन, चिना हराएको मान्छे, प्रिय सुफी, फूलको आँखामा फूलै संसार, हामी हाँसे संसार हाँस्छ, समयमाथिको जित, साया, कथाकी पात्र, आँखा र आँखाहरू, भैरव अर्यालका हास्यव्यङ्ग्य, जीवन काँडा कि फूल, जीवन मूल्य, समर लभ, मेरो अधुरो प्रेम जस्ता उपन्यास, जीवनी र कथासङ्ग्रहलगायतका पुस्तक पढेपछि म बुह्रान उपन्याससम्म आइपुगेकी छु । भर्खरै मात्रै यो उपन्यास पढेर सकेँ । विद्यालयको पुस्तकालयमा ‘हामी हाँसे संसार हाँस्छ’ भन्ने पुस्तक पढ्ने क्रममा विद्यालयको पुस्तकालयमा बुह्रान उपन्यास बारम्बार आँखाअघि देखिरहेकी थिएँ । पछि बर्दिया आएपछि म नेपाल राष्ट्रिय मावि
मुलुकमा नयाँ संविधान जारी भएपछि सम्पन्न तीनै तहका चुनावी प्रतिस्पर्धा तथा अभियानलाई नियाल्दा ती सबै निर्वाचन प्रणालीप्रति जनता र बौद्धिक व्यक्तित्वबाट निरन्तर प्रश्न उठ्न थालेका छन् ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका इलामको देउमाई र पाँचथरको फिदिम नगरपालिका तथा पाँचथरकै कुम्मायक र मिक्लाजुङ गाउँपालिकासँग जोडिएको छ ।उर्वर फाल्गुनन्द गाउँपालिकाको प्रमुख आयस्रोत धान, मकै, तोरी, दाल र को
भाइबहिनीहरू यतिबेला उत्तरी हुम्ला आसपासमा निकै चिसो बढेको छ । विद्यालय जान त सम्भव नै भएन । यतिबेला यहाँका विद्यार्थी घाममै बसेर वार्षिक परीक्षा दिँदैछन् । विद्यालयले घाममा बसेर परीक्षा दिने व्यवस्था गरिदिएपछि विद्यार्थी खुसी पनि छन् । सिमकोट गाउँपालिका–८ को साँता गाउँको बलभद्र आधारभूत विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा जानकी बुढाले पुस १६ गतेबाट सञ्चालन भएको वार्षिक परीक्षा घाममा बसेर दिन पाएपछि लेख्न सहज भएको बताइन् । चिसोले परीक्षा बिग्रेला कि भन्ने चिन्ता बुढालाई थियो । उनले पहिलो दिनको परीक्षा कोठामा दिन सुरु गरेको तर चिसोले
पछिल्लो समयका बालबालिका अभिभावकसँग यति परनिर्भर हुन पुगेका छन् कि जीवन चलाउन अति आवश्यक पर्ने सानातिना जीवनोपयोगी सिप पनि जान्दैनन् । कक्षा १० मा पढ्ने आफ्ना बच्चालाई खाना खुवाइदिनुपर्ने कुरा पनि अभिभावक लाजै नमानी भनिरहेका हुन्छन् । तर ओखलढुङ्गा लिखु गाउँपालिका स्थायी घर भई हाल कालीमाटीमा बसोबास गर्ने पूजा श्रेष्ठको कथा भने बेग्लै छ । खेल्ने र रमाउने बाल्य अवस्थामै पारिवारिक जिम्मेवारीको भारी बोकेकी पूजाको उज्ज्वल भविष्यप्रतिको आत्मविश्वास गजबको छ । अहिलेसम्म दुःखको पहाड छिचोल्दै अगाडि बढिरहनुभएकी पूजाले आफ्नो अगाडिको भविष्य उज्ज्वल देख्नुहुन्छ ।
इजरायल र हमासबीचको जारी युद्धले मध्यपूर्वको शान्ति प्रक्रिया गम्भीर सङ्कटमा परेको छ । यो युद्ध लम्बिँदै जाँदा क्षेत्रीय युद्ध हुने खतरासमेत बढेको छ । प्यालेस्टिनी इस्लामिक समूह हमासका लडाकुको आक्रमणमा करिब १२ सय इजरायली मारिएपछि इजरायल हमास समाप्त पार्न युद्धमा होमिएको छ ।
राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग निर्माणसँगै सिन्धुली जिल्लाको कमलाखुँज र मरिण क्षेत्रका विपन्न किसानको जीवनस्तर फेरिँदै गएको छ । राजमार्ग निर्माणसँगै विपन्न किसान व्यवसायमा उन्मुख भएपछि उनीहरूको जीवनस्तरमा सुधार आएको हो । राजमार्ग निर्माणसँगै आसपासका गाउँका विपन्न किसान व्यावसायिक रूपमा तरकारी, फलफूल खेतीमा जुट्नुका साथै होटल, किराना पसललगायतका आयमूलक पेसामा संलग्न हुँदै आएका स्थानीयले बताएका छन् ।
आयोडिन’ भन्नेबित्तिकै मानव शरीरमा नभई नहुने लवण भन्ने बुझ्नु पर्छ । आयोडिनचाहिँ समुद्री नुनमा बढी पाइन्छ भने समुद्रमा पाइने माछाहरू माकारेल, स्न्यापर, सालमोन, ओइस्टर, कर्डफिस, सेलफिस, टुना आदिमा बढी मात्रामा आयोडिन पाइन्छ । पोषणविद्का अनुसार समुद्री लेउ र झ्याउमा पनि आयोडिन हुन्छ । त्यस्तै ब्रोकाउली, पालुङ्गो, बन्दागोभी, सलगम, रायो, चम्सुर आदिमा समेत धेरथोर मात्रामा आयोडिन पाइन्छ । अझ के भनिन्छ भने कुखुरा,
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराउनुभएको छ । उहाँले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराउनुभएको हो ।