धनकुटा सदरमुकामबाट तथ्याङ्क कार्यालय र पाख्रिबासमा रहेको राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई सार्न लागिएको भन्दै धनकुटाका राजनीतिक दलले आन्दोलन घोषणा गरेका छन् ।
पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी वृद्धि भएको हो ।
सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ धनगढीमा चलचित्र काँडेतारको ‘च्यारिटी सो’ हुने भएको छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले पशुहरूलाई विभिन्न रोगको महामारीबाट जोगाउन पशुमा खोप अभियान नै चलाउनु पर्ने बताउनुभएको छ ।
नेकपा (एमाले) गुल्मीले स्थानीय तहमा भएका अनियमितता छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको छ।
नेपालमा गणतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्नुभएका सहिद दुर्गानन्द झाको ६० औँ स्मृति दिवसमा सोमबार उहाँलाई स्मरण गरिएको छ ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई ९७ रनले हरायो ।
गुल्मीको धुर्कोट आधारभूत अस्पतालमा १५ शय्याको सेवा शुभारम्भ गरिएको छ । धुर्कोट गाउँपालिकाको वडा –६ रजस्थलमा रहेको यस अस्पतालमा सो सेवा शुभारम्भ गरिएको हो ।
डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत एसइई पास गरेका ९२ छात्राहरुलाई साइकल वितरण गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रदेश सरकारले खेलकुद विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ ।
वि.सं.२०४२ देखि म्याग्दीको बेनी नगरपालिका-४ स्थित सिङ्गा तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा स्थापित छ । यहाँको तातोपानी कुण्डमा डुबेपछि बिरामी निको हुन्छन् । यहाँको तातोपानी कुण्डमा डुबेर निको हुने भएपछि प्राकृतिक चिकित्सालयका रुपमा विकास तथा प्रवद्र्धन भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।
गुल्मीको तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसल जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।
सर्वोच्च पिपुल्स प्रोक्युरेटरका अनुसार पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्व वरिष्ठ विधायक यिन मेगेनविद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ ।