राष्ट्रियसभाबाट विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।
सिराहा जिल्ला समन्वय समितिको असार ६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीत तालमेल भएको छ । प्रमुख पदको लागि जसपाबाट दिनेश कुमार महतोले उम्मेदबारीको घाषणा गर्नु भएको छ । प्रमुख सहित तीन सदस्यीय जसपा र उपप्रमुख सहित चार सदस्यीय नेकपा एमालेले लिने गरी तालमेल भएको हो ।
प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन शुक्रबार दिउँसो १ बजेबाट बैठक सुरु भएको हो ।
कैलालीको धनगढी– उपमहानगरपालिका–१८ नम्बर वडाले निःशुल्क उच्च शिक्षा पढाउने भएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका क्षेत्रमा लगाइएका मकै खेतीमा फौजी कीराको प्रकोप देखिएको छ । मकैका बोटलाई फौजी किराले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ‘एसपीपी’ सम्झौता खारेज हुने बताउनुभएको छ ।
सोलुखुम्बुमा विपद् प्रतिकार्य तथा बाढीपहिरो उद्धार अभ्यासको तयारी स्वरुप (डेमो) प्रदर्शन गरिएको छ ।
सयपत्री हाइड्रोपावरले आयोजा प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
राष्ट्रिय सभा बैठक २०७९ साल, असार ३ गते
मोरङको पथरीशनिश्चरे १ पानीट्याङ्कीलाइनमा बस्ने २९ बर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईको घाँटीमा खुकुरी प्रहार गरेका छन् ।
ससुराली गएका ककनी गाउँपालिका–८ मात्रागाउँका ४५ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा भेटिएको छ । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ काशीटारमा हात बाँधिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपाललाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा बोल्नुहुँदै परराष्ट्र मन्त्री नारायण खड्काले उक्त कुरा बताउनुभएको हो ।
मर्जरकै इतिहासमा पहिलो ठूलो बैङ्क बनेको ग्लोबल आईएमईले पुरानो रेकर्डलाई यथावत् राख्ने भएको छ । बैङ्क अफ काठमाण्डूसँग मर्जरको सम्झौता गरेको ग्लोबल आईएमईले ठूलो बैङ्कको ताज बचाइराख्ने भएको हो ।
नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ ।
केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो ।