साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।
विकास गर्न बजेट भएर मात्र होइन, कर्मचारीमा काम गर्ने इच्छाशक्ति आवश्यक पर्छ भन्ने कुरा अहोरात्र खटेर दुर्गम गाउँमा बिजुली बलेपछि पुष्टि भएको छ ।
प्रधानसेनापति खुला म्याराथन तथा रन फर फन प्रतियोगिता-२०८० आगामी फागुनमा सञ्चालन हुने भएको छ ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका पदाधिकारी तथा संम्वद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।
सूर्योदय नगरपालिका-१ थुम्केका तीर्थ बुढाथोकीलाई आलु रोप्ने चटारो छ । बुढाथोकीले ८० मन आलु रोप्न घर माथिको १० रोपनी टारबारी जोतेर तयार बनाउनुभएको छ । “पहिलो दिन आलु रोप्न १५ जना खेताला भनेको छु, एकैपटक सबै खेताला भेटिँदैनन् ।
पूर्वी नवलपरासीको पहाडी भेगका गाउँमा कफी खेती गर्ने किसानहरू बढ्दै गएको छ । सामान्य कफी खेतीबाट सुरु गरेका किसानले अहिले भने व्यावसायिक रूपमा सुरु गर्न थालेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद् अधिवेशनमा समितिमा रहेका विधेयकहरू टुङ्गोमा पुर्याउन आवश्यक रहेको बताउनुभएको छ ।
रुपन्देहीको बुटवल–भैरहवा सिद्धार्थ राजमार्गमा पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने (अन डिमान्ड पेलिक्यान क्रसिङ सिस्टम) सुरु गरिएको छ ।
नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारुसहित २८ लाख ६२ हजार ४५९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोग्य वस्तुहरूको लेभलिङ स्पष्ट रूपमा हुनुपर्ने बताउनुभएको छ ।
अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिन नेकपा एमाले संसदीय दलले आग्रह गरेको छ ।