नेपालले मलेसियामा जारी एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । किनरारा ओभल मैदानमा शनिबार भएको खेलमा नेपालले कुवेतलाई २५ रनले हरायो ।
काठमाडौं, असार ४ गते। पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी २४ घण्टामा ११ जना सङ्क्रमणमुक्त भएका छन्। मृत्युदर शून्य रहेको नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १०४ पुगेको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को केन्द्रीय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।
रूकुम पश्चिमको चौरजहारीमा आयोजित प्रथम पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि मुसीकोट नगरपालिकाले जितेको छ । चौरजहारी नगरपालिका २ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा चौरजहारी नगरपालिकालाई ३–२ पराजित गर्दै मुसीकोटले उपाधि जितेको हो ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा एक महिना अघिदेखि उडान अवरुद्ध बनेको छ । बाक्लो हुस्सु र वर्षासहित मौसम प्रतिकुल हुँदै आएकाले सुकेटारमा उडान अवरुद्ध बनेको हो । प्रतिकुल मौसमकै कारण महिना दिनयता लगातार उडान अवरुद्ध हुँदा यात्रु सेवा लिनबाट बञ्चित भएका छन् ।
नेपाल–भारतमैत्री संघको अगुवाईमा नेपालगञ्ज आउनुभएका भारत महाराष्ट्रका दुई जना वरिष्ठ साहित्यकारलाई नेपालगञ्जमा सम्मान गर्नुका साथै साहित्यिक सम्बन्ध विस्तार विचार विमर्श गरिएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले भूमि आयोगलाई परिणाम दिने गरी काम गर्न निर्देशन गर्नुभएको छ । उहाँले सुकुम्बासीलाई जतिसक्दो चाँडो जग्गाको स्वामित्व प्रदान गर्न आयोगलाई निर्देशन गर्नुभएको हो । राष्ट्रिय भूमि आयोगले लुम्बिनी प्रदेशस्तरीय जिल्ला समितिका पदाधिकारीहरुका लागि शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण गोष्ठीमा बोल्दै मन्त्री खाँणले प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो जग्गा धनी पूर्जा वितरण गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन गर्नुभएको हो ।
जाजरकोटको कुशे गाउँपालिका वडा नं ७ वडाध्यक्ष मुनबहादुर घर्तीको मृत्यु भएको छ । आज ( शनिवार) विहान घरमै वडाध्यक्ष घर्तिको मृत्यु भएको हो परिवारिक स्रोतले जानकारी गराएको छ । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफ्नै घर कुशे ७ समाइलामा विहान एक्कासी टाउको दुःख्यो भनेर ओछ्यानमा पल्टिनुभएका घर्ति मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो । मृत्युको कारण खुल्न सकेको छैन ।
दाङमा एक सुस्त मनस्थिति भएकी युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका –५ निवासी २५ बर्षीया युवतीमाथि असार २ गते राति सामुहिक बलात्कार भएको घट्ना बाहिरिएको छ ।
आइतवार संयुक्त अरब इमिरेट्स (युएइ) का राजकुमार शेख मोहम्द विन मक्तोमिउम जुमाल मक्तोउम पुर्वाञ्चल क्यान्सर अस्पतालको पेट सिटी स्क्यान उद्घाटन गर्न झापा आइपुग्नुभएको छ ।
काठमाडौं, असार ४ गते । फिल्म 'म'को टिजर सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि फिल्मसम्बन्धी अध्ययन गराउँदै आएको कन्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको फिल्म 'म' को टिजर आज सार्वजनिक गरिएको हो ।यो फिल्म आगामी साउन २० गते प्रदर्शन हुने पक्का भएको छ । फिल्मको टिजरमा मुख्य कलाकारहरु निराजन प्रधान, सरोज खनाल, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ र संजोग रसाइलीलाई देखाइएको छ ।आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्म ‘म’ मा निराजन प्रधान, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठका अलवा फिल्ममा नरेन खड्का, संजोग रसाइली, पुनम श्रेष्ठ, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्मको मुख्य भुमिकामा रहेका निराजन प्रधान एक घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको खोजिमा हिडेको टिजरमा देखाइएको छ ।प्रकाश पुरी क्रियटभ निर्माता रहेको फिल्मका निर्माता विमला हुमागाईं र सह निर्माता पदम पुरी हुन् । फिल्ममा भरत रेग्मीको कलर, राकेश दाहालको ग्राफिक्स डिजाइन, साहिल खानको थ्रिएटिकल ट्रेलर, सुजन वली र सुरक्षा रेग्मी कस्टूम डिजाइन, करण सिंहको प्रोडक्सन डिजाइन, नोबल फ्रिक्सको ब्याकग्राउन्ड स्कोर, मुकेश शाहको साउन्ड डिजाइन रहेको छ भने बनिष शाहको सम्पादन रहेको छ ।
जिल्ला समन्वय समितिमा हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने निर्णय गरेको छ । जिसस निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएपछि एकीकृत समाजवादीका शिबराज शर्माले प्रमुख पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कालीकोटमा बालबालिकाको क्षेत्रमा काम गरिरहेको देखाउने धेरै गैरसरकारी संस्था छन् । जिल्लाको रास्कोट नगरपालिका ४ का गुइया सार्कीको छ वर्षअघि मृत्यु भयो । दुई वर्षपछि उहाँकी श्रीमती आइतीले दोस्रो विवाह गरेर तीन सन्तान जन्माइन् । गुइया र आइतीबाट जन्मेका तीन बालक चार वर्षदेखि अबिभावक बिहिन छन् ।
ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान ।