सहिद दिवसका अवसरमा आज सन्देश दिँदै सभामुख घिमिरेले दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसविरुद्ध हुने चलखेल निस्तेज हुनेमा दुई मत नभएको बताउनुभएको हो । राणा शासनलाई अन्त्य गर्न आफ्नो जीवन आहुति दिने अमर शहीदहरु दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेपाली जनतालाई स्वतन्त्रता र अधिका
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।
नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सहिदद दिवसको प्रेरणालाई भुल्न नहुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गर्नुभएको छ ।
रामेछाप नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल रामेछाप सुविधासम्पन्न बन्दै गएको छ । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित यो अस्पताल २०२० सालमा रामेछाप हेल्थ सेन्टरका रूपमा स्थापना भएको थियो । २०५० साल
आज (मङ्लबार) देखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका ६२ वर्षीय रामकरण दासलाई कुष्ठरोग लागेको बेला घरपरिवार र समाजले गरेको दुव्र्यवहार अझै सम्झना छ । गाउँमा छरछिमेकसँगै आगो ताप्दै गरेको अवस्थामा भेटिएका दासलाई ४० वर्षअघि ठिटो उमेरमा कुष्ठरोग लागेको थियो ।
गुल्मीको धुर्कोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा धुर्कोट गाउँपालिका पहिलो भएको सार्वजनिक नतिजामा उल्लेख छ ।
तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर तीनतले बनाइने भएको छ । १९९० सालको भूकम्पअघिकै स्वरूपमा भगवती मन्दिर बनाउने तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । १९९० सालको भूकम्पअघि तीनतले रहेको भगवती मन्दिर भत्काएपछि दुईतले बनाइएको थियो । मन्दिर जीर्ण भएसँगै छानो चुहिएर प्लास्टिकको ओत राखिएको छ । मन्दिरको अवस्था जीर्ण भएका कारण मन्दिर पुनर्निर्माण गर्ने र उक्त मन्दिर तीनतले बनाउने तयारी भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले बताउनुभयो ।
भारतको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार जनवरी १९ मा समाप्त भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.७९४ बिलियन अमेरिकी डलरले घटेर ६१६.१४३ बिलियन डलरमा पुगेको छ ।
पछिल्लो समय बाँदर वनजङ्गलमा बस्न छोडेर गाउँ पस्न सुरु गरेका छन् । घरनजिकै रहेका ठुला रुख र बाँसघारीमा बस्ने र मौका पर्दा घरभित्रै छिरेर अन्नपात खाइदिने गरेको भन्दै गुनासो आउने गरेको छ । बाँदरले दैनिक करेसाबारीमा लगाएको तरकारी र फलफूल खाने तथा बिगार्ने गरेका छन् । घरनजिक ठुला र अनावश्यक रुख हुँदा बाँदर घरमा नै आएको र समस्या बनाएको भन्दै वालिङका विभिन्न ठाउँमा यस्ता रुख कटान गर्न थालिएको छ । वालिङ नगरपालिका–६, ८ र १४ का विभिन्न ठाउँमा रुख कटान गर्ने काम भइरहेको वडा कार्यालयले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने सहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रहेको बताउनुभएको छ ।
गुल्मी जिल्लाबाट ३० जना गैरआवासीय नेपाली नागरिकले नागरिकता लिएका छन् । गत कात्तिक १९ बाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ३० जनाले गैरआवासीय नागरिकता लिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । नेपालमा गएको असोजबाट गैरआवासीय नेपालीलाई नागरिकता दिन सुरु गरिएको हो । गुल्मी जिल्ला प्रशासन कार्यालयबाट गत कात्तिक १९ बाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । गुल्मी जिल्लामा पनि नागरिकता लिने सङ्ख्या दैनिक बढ्दै गएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । जिल्लाबाट प्रवासमा रहनेको सङ्ख्या धेरै नै रहेको र नागरिकता लिनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।
मन्थली–चिसापानी–पुरानागाउँ सात किलोमिटर सडक निर्माण कार्य अलपत्र छाडिएको र नियामक निकाय रमिते बनेको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । मन्थली नगरपालिका–८ का चिसापानीवासीले विकास निर्माणमा भएको ढिलासुस्ती र नियामक निकायको गैरजिम्मेवारीप्रति खबरदारी गर्दै सङ्घर्ष समितिसमेत निर्माण गरेका छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नागरिक सरोकार तथा सङ्घर्ष समितिका संयोजक प्रकाशकुमा
पश्चिम नेपालका तीन प्रदेशका अधिकांश बिरामीको उपचार हुने प्रमुख अस्पतालका रूपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा बिरामीको चाप बढेसँगै सेवा विस्तारको पहल पनि सुरु गरिएको छ । पश्चिम नेपालका २४ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको सो अस्पतालको प्रसूति सेवालाई थप फराकिलो, प्रभावकारी र गुणस्तरीय बनाउन बाँकेकी सङ्घीय सांसद दीपा शर्माले पहल सुरु गर्नुभएको हो ।