स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्यादे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार सो गाउँपालिका ९४.५ अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो ।
गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ ।
नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर निर्धारण र जरिवाना तिर्नुपर्ने फैसला सर्वोच्च अदालतले सदर गरेको छ ।
झापामा एक सहकारी संस्थाको भल्ट फोरेर चोरी भएको छ। हल्दिबारी गाउँपालिका वडा नं ४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्रमा सोमबार राति चोरी भएको हो।
जाजरकोटमा एक जना पुरुषको पुलबाट खसेर मृत्यु भएको छ । नलगाड नगरपालिका –५ एरारीका २८ वर्षीय राजकुमार शाहीको पुलबाट खसेर मृत्यु भएको हो ।
कोशी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार र बिहीबार हल्का चिसो बढ्न सक्ने पूर्वानुमान गरेको छ।
तानसेनको टुँडिखेल मैदानमा पाँचौँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । मङ्गलबारदेखि सुरु प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले उद्घाटन गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशअन्तर्गतका पार्टीका महिला सांसद, पार्टीका महिला पदाधिकारी तथा सदस्यलाई प्रशिक्षण दिन लागेको छ ।
२०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड विजेतालाई नेपालको प्रख्यात बिमा कम्पनी युनाइटेड अजोड इन्स्योरेन्स प्रालिले सात लाख रुपियाँ बराबरको खेलकुद बिमा पोलिसी प्रदान गर्ने भएको छ ।
नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घमा चार जना सदस्य मनोनीत भएका छन् ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताको रुपमा चित्रण गर्नुभएको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको हो।
विभिन्न जिल्लाबाट भेला भएका मिटर ब्याजपीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटर ब्याज तथा ठगी किसान मजदुर संघर्ष समितिको अगुवाइमा भएको मार्चका सहभागीहरुले खान र बस्नका लागि आवश्यक सामान बोकेरै पैदल यात्रा प्रारम्भ गरेका हुन् ।