विष्णुप्रसाद पोखरेल
दमक, माघ १७ गते। झापामा एक सहकारी संस्थाको भल्ट फोरेर चोरी भएको छ। हल्दिबारी गाउँपालिका वडा नं ४ स्थित जलथल साना किसान सहकारी संस्था र दुग्ध सङ्कलन केन्द्रमा सोमबार राति चोरी भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चोरले सहकारीको कार्यालयभित्र रहेको भल्ट फुटाएर नगद एक लाख २५ हजार चोरी गरेको छ। सिसी क्यामेरा समेत फोरेर चोरी भएको जनाइएको छ।
दूध सङ्कलन केन्द्रमा पनि चोरी भएको छ। चोरले यहाँबाट नगद २६ हजार चोरी गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार चोरीको घटनाबारे अनुसन्धान भइरहेको छ।