समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
सत्ता साझेदार राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको एक सिटमा आएको परिणाम अप्रत्याशित भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार झन्डै चार घण्टा भएको छलफलमा शीर्ष नेताबिच १९ सिटमध्ये गठबन्धनले एक सिट गुमाएको सन्दर्भमा गम्भीर समीक्षा गरेर अघि बढ्ने समझदारी पनि भएको छ । बैठकपछि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले परिणामका सन्दर्भमा फेरि पनि छलफल गर्ने समझदारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सभा निर्वाचनको परिणामलाई लिएर प्रारम्भिक रूपले गम्भीर छलफल भएको छ । कोशी प्रदेशमा जुन अप्रत्याशित परिणाम आएको छ, यो गम्भीर र चिन्ताजनक छ । अझै छलफल गर्ने निर्णय भएको छ ।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ ।
साहसिक पर्वतीय खेलकूदको अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उद्देश्यले न्यूयोर्कमा पर्वतीय खेलकूद संघ गठन भएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देश र जनतासँग सरोकार रहने प्रमुख मुद्दाहरूमा जनपरिचालनमार्फत् राज्यप्रति दबाब सिर्जना गर्ने तयारी पार्टीले गरिरहेको बताउनुभएको छ । पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज पार्टी कार्यालय, च्यासलमा ‘उपभोक्ता हित र सुशासन’ विषयमा सांसदहरूसँग गरेको अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनताले व्यवस्थाको विकल्प नखोजेको स्पष्ट पार्नुभएको छ।
कपिलवस्तुको विभिन्न सीमा क्षेत्रबाट अवैध रुपमा आयात हुने उपभोग्य वस्तु निषेध गर्नुपर्ने माग व्यवसायीले गरेका छन्।
नेकपा (एमाले) को तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ ।
पछिल्लो केही वर्षयता स्तरीय सडक र बाटो निर्माणमा ठुलो फड्को मारेको नेपालगन्जमा थप दुई सडकको स्तरोन्नती गरेर गुणस्तरयुक्त अस्फाल्ट पिच गर्ने कार्य सुरु भएको छ।
कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारमा आज गाडीले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ । बा १८ च ५८२९ नम्बरको नवीन दाना पोल्ट्रीफर्मको गाडीको ठक्करबाट ७८ वर्षीया नन्दादेवी नाथको ज्यान गएको हो ।
बझाङको मष्टा गाउँपालिका५ कलसपार्कबाट देखिएको दयगाउँ ।
नेपाली कांग्रेस सुनसरीले जिल्लाका १२४ वटै वडामा पार्टी प्रतिनिधि खटाएको छ । कांग्रेस बैठकले जिल्लाको १२४ वटै वडामा प्रतिनिधि खटाएको जनाएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिनुभएको छ ।
प्रहरीले अवैध क्रिप्टोकरेन्सीमार्फत विभिन्न अनलाइन गेम खेलाउने सात जनालाई पक्राउ गरेको छ ।
पूर्वराष्ट्रप्रति विद्यादेवी भण्डारीले ‘संसदमा केपी शर्मा ओली’ग्रन्थ लोकार्पपण गर्नुभएको छ । समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली वर्तमान राजनीतिका सर्वाधिक लोकप्रिय र प्रतिभाशाली व्यक्तित्व भएकाले उहाँ सम्बोधनका शृङ्खलालाई लिपिबद्ध गरिनु महत्वपूर्ण भएको बताउनुभयो ।