सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।
नवलपरासीपश्चिम (बर्दघाट–सुस्ता)को सिद्धार्थ गौतमले सन्यास धारण गरेको (महाभिनिष्क्रमण स्थल) सुस्ता गाउँपालिका वडा नं. ५ स्थित अनोमाघाटलाई बुद्धधाम बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गराउने कार्य अन्तिम चरणमा पुगेको छ ।
घर नजिकैको भिरबाट लडेर रुकुम पश्चिममा १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्वर १ रुँघा निवासी अस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो ।
तरकारी तथा फलफूलमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला थप आठ स्थानमा स्थापना गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र कृषि केन्द्रीय प्रयोगशालाले आगामी साउनदेखि ती प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । हाल देशका विभिन्न सात स्थानमा यस्ता प्रयोगशाला सञ्चालनमा छन् । विदेशबाट आयात हुने तरकारी र फलफूलको अनिवार्य विषादी परीक्षण गर्ने भन्दै सरकारले २०७६ असारमा राजपत्रमा प्रकाशित भएको थियो । नाकामा
जिल्ला पूर्वाधार कार्यालय पर्वतको बेवास्ता र निर्माण कम्पनीको लापरबाहीका कारण पर्वतको कुस्मा नगरपालिका ११ र १२ मा बनेको कालोपत्रे सडक एक वर्ष पनि टिकाउ भएन ।कुस्मा नगरपालिकाको सिल्मीचोकदेखि ठूलीपोखरीसम्मका विभिन्न ठाउँमा गरिएको कालोपत्रे एक वर्ष नपुग्दै भत्किएको छ । स्थानीयवासीले पटक–पटक कार्यालयलाई ध्यानाकर्षण गराएपछि मर्मत गरेको भए पनि केही दिनमै पुनः भत्किएको हो ।
मिटरब्याजीबाट पीडित महोत्तरी जिल्लाका भङ्गहा नगरपालिकाका बासिन्दा तिनीहरूलाई कारबाही गर्ने प्रक्रियामा अगाडि बढेका छन् ।जिल्लाको भङ्गहा नगरपालिका क्षेत्रका आधा दर्जन मिटरब्याजीहरूले ब्याज र तमसुकको जालमा फसाएर सो क्षेत्रका धेरै जनाको उठिबास गराएकोले उनीहरूमाथि कारबाहीको माग गर्दै प्रक्रिया अगाडि बढाएका हुन् ।
सेयर बजार लगातार घटिरहेको अवस्थामा पनि सरोकारवाला निकायले चासो नदेखाएको भन्दै केही लगानीकर्ता आन्दोलन गरिरहेका छन् । बजार सुधारका लागि नियामक निकायहरू धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैङ्क र अर्थ मन्त्रालयले तत्काल कदम चाल्नुपर्ने माग उनीहरूको छ । बजार सुधारकै माग राखेर लगानीकर्ता अनशन बस्नेदेखि ज्ञापनपत्र बुझाउने र प्रदर्शनी गरिरहेका छन् । सेयर ब
चितवन राष्ट्रिय निकुञ्जले दुई वर्षको अवधिमा मानिसलाई आक्रमण गर्ने चारवटा बाघलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका बाघको निकुञ्जले स्वास्थ्य परीक्षण गरेर पुनः बासस्थानमै छाड्ने गरेको छ ।
नेपाल बैङ्क लिमिटेडको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सहसचिव केदारनाथ शर्मा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विदेशी संस्कृतिको बढ्दो प्रभावका कारण नेपाली मौलिक कला र संस्कृति ओझेलमा पर्नसक्ने खतरा उत्पन्नभएको बताउनुभएको छ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को स्वर्ण महोत्सवको उद्घाटन विशेष कार्यक्रममा आइतबार उहाँले त्यस्तो बताउनुभएको हो ।
मानिसको दैनिक जीवनयापनका लागि गाँस, बास, कपास अनिवार्य आवश्यकता हो । यो भान्छाभित्रको दैनिक आवश्यकताभित्र पर्ने र जीवनयापनसँग जोडिएर आउने वस्तु इन्धन भएकाले यो बढी चासोको विषयभित्र पर्दछ । आधारभूत भन्ने बित्तिकै हाम्रो दैनिक जीवनका लागि भान्छाभित्रको खाद्य वस्तुसँगै इन्धनले महत्व राख्दछ ।
सरकार जनताको अभिभावक हो । पारदर्शिता, कार्यक्रमको प्रभावकारी कार्यान्वयन र कार्यसम्पादन गर्ने विधि एवं जिम्मेवारीले मात्र सरकारलाई लोकप्रिय बनाउँछ । नागरिकले सरकारलाई कर तिरेका हुन्छन् ।
काठमाडौँको सहरमा गाडी चलाउन सक्ने जो कुनै ड्राइभरले विश्वको कुनै कुनामा गएर पनि गाडी चलाउन सक्छ । अत्यन्त अव्यवस्थाका बीचमा नेपाली चालकले गाडी चलाउँछन् र चालकले आफूलाई सुरक्षित राख्न सक्नु भनेको नेपालीको अर्को बहादुरी हो । विदेशमा गाडी चलाउने कुनै चालकले नेपालमा हतपत्त गाडी चलाउने कल्पना गर्दैन ।
राजधानी काठमाडौँका सडकमा ठाउँ–ठाउँमा खाल्डा हुनुलाई असामान्य रूपमा लिने गरिन्न । यो विडम्बना नै हो । मूल सडकदेखि भित्री सडकसम्म महानगरवासी, सवारी चालक र यात्रीका अनेक भोगाइ छन् । कतिपय खाल्डा वर्षौंदेखिका छन् । हिउँदमा पनि थिए । अहिले असार लागेपछि भने एकाएक सक्रियता बढेको छ ।