भोलि (बिहीबार) देखि नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १८ गतेदेखि २१ गतेसम्म नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ ।
स्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।
। बैतडीमा जङ्गली बँदेलको हुल घरमै आएर वृद्ध, महिला र बालबालिकामाथि आक्रमण गरी गम्भीर घाइते बनाउन थालेका छन् ।
धनगढी उपमहानगरपालिका–६ जालीस्थित वासुदेवी विद्यालय नजिक से १ प २८५९ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षीय लालु चाैधरीको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताउनुभएको छ ।
दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्याैली पेसा भैंसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ । उहाँले यसैकोआम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आउनुभएको छ ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताउनुभएको छ ।
चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपपासमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।
स्वामीकार्तिक खापर–१ रुडीस्थित माझपाटा आधारभूत विद्यालयमा भाइरल ज्वरो र रुघाखोकीले बालबालिका प्रभावित भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक दानबहादुर धामीले भाइरल ज्वरो र रुखाखोकीले बालबालिका प्रभावित हुन थालेकाले थप जोखिम फैलिन नदिन विद्यालय बन्द गरिएकोे बताउनुभयो ।
स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी हिक्मत कुमार श्रेष्ठलाई आठ मतले पराजित गर्दै निर्वाचित हुनु भएको हो ।
ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । संविधानसँग बाझिएका कानुन परिवर्तन गरेर सापेक्षतामा ढाल्नुपर्नेछ । कतिपय प्रावधान बदलिँदो विश्वपरिवेशअनुसार थप गर्नुपर्ने छ । संसद् छिर्दै गर्दा संविधान अनुकूलका कानुन निर्माण गर्न संसद्मा हार्दिकता हुन्छ होला भन्ठानेको अवस्था थियो, तर त्यस्तो अनुभव गर्न सकिएको छैन ।
दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक र्यालीका क्रममा विस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।