दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको चुनौती दिएको छ।
अर्थतन्त्रलाई आर्थिक मन्दीबाट बाहिर ल्याउने उद्देश्यका साथ बाँकेको कोहलपुरमा माघ २५ देखि फागुन ५ गतेसम्म पाँचौँ औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव–२०८० हुने भएको छ ।
बागलुङको गलकोट नगरपालिका–२ स्थित तोरीखोला गाउँ । यहाँ रहेको बाक्लो बस्तीले आन्तरिक तथा बाह्य पर्यटकलाई अकर्षित गर्ने गर्छ ।
चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा आगामी माघ २२ गते सोमबार देशभरका चलचित्र भवन बन्द गर्ने भएको छ ।
सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो।
सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निःशुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबिच उक्त सम्झौता भएको हो ।
दाङमा पछिल्लो समय सल्लाको खोटो निकाल्ने क्रम बढ्दै गएको छ । सल्लाको खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि पछिल्लो समय जिल्लामा खोटो सङ्कलन गर्ने क्रम बढेको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ ।
लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका कारण जिल्लाका अधिकांश ठाउँमा कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म उम्रिन सकेको छैन ।
म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा पुरानै स्वरूपमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
जिल्ला सदरमुकाम दिक्तेलमा आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना कृषकलाई पुरस्कार तथा २९ जना कृषकलाई सम्मान गरिएको हो।
नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।